स्याङ्जाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगे ।
स्याङ्जा :
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारीहरु पुगिसकेको छन् ।
जिल्लाका ११ वटै स्थानीयतहमा रहेका मतदान स्थलमा कर्मचारीहरु पुगेर प्रारम्भिक काम सुरु गरेको स्याङ्जाका मूख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“निर्वाचनमा खटिएका सबै कर्मचारीहरु मतदानस्थलमा पुगिसेका छन् ।”
निर्वाचनमा आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्रीसहित सुरक्षाकर्मी, मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका हुन् ।
दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर १ मा १०८ मतदान स्थलका १७१ मतदान केन्द्र र क्षेत्र नं. २ का ९१ मतदान स्थलका १५१ वटा निर्वाचन केन्द्रमा कायम गरिएको छ । जिल्ला कारागारमा भने एक अस्थायी मतदान केन्द्र रहेको छ ।
मतदानस्थलमा सोमबार नै निर्वाचन आवश्यक तयारीको क्रममा सूचना टाँसलगायतका काम भइसकेको र मङ्गलबार सर्वदलीय बैठक गरिएकाे क्षेत्र नं. २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकराी दिनुभयो । उहाँका अनुसार २० गते मतदान केन्द्र निर्माण गरिने कार्यतालिका रहेको छ ।
जिल्लामा अति संवेदनशील, संवेदनशील र मतदान केन्द्र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित जिल्ला सुरक्षा समितिले तयारी गरेको उहाँको भनाइ छ ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ११ दलका २४ जना उमेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं. १ र २ मा समान १२/१२ जना उमेदवारहरु प्रतिस्पर्धामा छन् ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


