आम नागरिकको सुख-दु:खको सहयात्री बन्न सकुँ : उम्मेदवार मल्ल
भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसतर्फका उम्मेदवार मल्लले आमनागरिकका सुख दुखको सहयात्री बन्दै नीतिगत समस्या समाधान गर्नेे बताएका छन् । आमनागरिकका समस्या पहिचान गर्दै त्यसको समाधानतर्फ समर्पित रहने प्रतिवद्धता जनाएका छन् ।
क्षेत्र नं. २ का मतदातासंग भेटघाट तथा चुनावी प्रचार कार्यक्रममा बोल्दैे आवश्यक साथ र सहयोगका लागि सदैव तत्पर रहने बताएका छन् ।
पहिलो पटक संघीय सांसदको उम्मेदवारी पाएका मल्लले प्रजातान्त्रिक मूल्य मान्यताको पालना गर्दै संबिधान संशोधनको आवश्यकता र औचित्यताको पुष्टि गर्दे आर्थिक, सामाजिक विकास एवं सामाजिक न्यायप्रतिको प्रतिबद्धता जनाएका छन् । साथै, उनले १५ बँुदे प्रतिज्ञा समेत जाहेर गरेका छन् ।
जेनजी युवाले भदौ २३ मार्फत ब्यक्त सुशासन, समृद्धि, भ्रष्टाचार नियन्त्रण र रोजगारका पक्षमा, आफनो निर्वाचन क्षेत्रबसीलाई पायक पर्ने स्थानमा सुबिधा सम्पन्न अस्पताल, जिल्लाको लाइफ लाईन सडकको स्तरोन्नती, जलबिद्युत आयोजना निर्माण, युवा रोजगारका निम्ति उद्यमशिलता तथा सिप विकास केन्द्रको स्थापना, सिंचाई, कृषि उत्पादन, बजारीकरण र निर्यातमा सहजीकरण, सिपमूलक र ब्यवसायिक शिक्षा, विविध कारणले बसाई सराईमा न्यूनिकरणकालागि ग्रामिणमुखखी अर्थतन्त्रको विकास, प्रदेश तथा स्थानीय सरकार संचालनका वाधा नीति नियम र अब्यवहारिक कानून तथा नीतिलाई समयसापेक्ष निर्माणमा जोड दिने लगायतका रहेका छन् ।
निर्वाचनका समय होस् या अन्य । पदमा हुन वा पदमा नहुदाँ पनि निरन्तर क्रियाशिल एक राजनीतिकर्मी हुन भागवतप्रकाश मल्ल । चापाकोट नगरपालिकाको सेखाममा जन्मिएका मल्लको संघीय सांसदको उम्मेदवारी पहिलो अनुभव हो ।
सदैव जनसेवामा समर्पित उनी दःुखमा होस् वा सुुखमा पनि उनको उपस्थिती देखिन्छ । जसका कारण लोकप्रिय छन उनी । निर्वाचन क्षेत्रका अधिकांश घर घर पुगेका छन् उनी । भुई मान्छेका आवाज संकलन गरेका छन् उनले ।
नेपाल बिद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा लागेका उनी तरुण दलका जिल्ला अध्यक्ष हुन । कुशल संगठक पनि हुन उनी । २०७२ सालको महाभूकम्प, बाढीपहिरा, कोरोना, विपत्तीका समयमा पनि उनको महत्वपूर्ण सहयोग रहयो ।
२०७४ को निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । क्षेत्र २ को प्रदेश ख बाट निर्वाचित उनले तत्कालिन अवस्थामा स्याङ्जा कांग्रेसको वीउ जोगाउन सफल भए । कठिन अवस्थामा पनि उनले विजय प्राप्त गरेका थिए । कांग्रेस नेतृत्वको प्रदेश सरकार निर्माणमा पनि मल्लले महत्वपूर्ण भूमिका पुरा गरेका थिए । बोल्नु भन्दा कर्ममा विश्वास गर्ने उनले क्षेत्र नं. २ मा भौतिक निर्माण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकूद सामाजिक विकासका धेरै कामहरु गरेका छन् ।
आसन्न फाल्गुण २१ गते हुने संघीय निर्वाचनमा स्याङ्जा जिल्ला क्षेत्र नं. २ बाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका भागवतप्रकाश मल्ललाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । यूवा नेता मल्लको पूर्वाधार विकास निर्माण कार्यमा दख्खल छ् ।
मतदान गर्न अब ४ दिन बाँकी छ । मतदाताका अमूल्य मत मार्फत मुलुकको दिशानिर्दैश गर्न संघिय सांसदका आफुलाई उभ्याउन उम्मेदवारहरुलाई भ्याई नभ्याई छ । सोमवार मध्यरातदेखि मौनअवधि सुरु हुने भएकाले पनि उम्मेदवार अझ ब्यस्त बनेका छन् ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


