‘प्रत्येक घरपरिवारलाई मालिक बनाउँछु’ : सफल व्यवसायी ढकाल
स्याङ्जा :
आउँदो फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं.–१ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका भरतराज ढकालले स्याङ्जाका प्रत्येक घरपरिवारलाई मालिक बनाउने योजना अगाडी सारेका छन् ।
वित्तीय सेवा सहितको उत्पादनमुलक पब्लिक कम्पनी खडा गरेर स्याङ्जाका झण्डै ६९ हजार घरपरिवारलाई शेयर सदस्य बनाएर मालिक बनाउन सकिने योजना उम्मेदवार ढकालले अगाडी सारेका हुन् । पब्लिक कम्पनी स्थापना गरेर प्रत्येक घरपरिवारलाई संस्थापक शेयर सदस्य बनाएर मालिक बनाउने उनले बताए ।
स्याङ्जाका ६८ हजार ९५९ घरपरिवारलाई मालिक बनाएर दक्ष युवायुवतीलाई रोजगार, प्रत्येक नागरिकलाई सिप अनुसारको स्वरोगार बनाउन सकिने योजना उम्मेदवार ढकालले सुनाए । एक लाख १६ हजार ६७८ पुरुष र एक लाख ३६ हजार ३४६ महिलालाई रोजगारीसँगै उत्पादनमुलक क्षेत्रमा स्वरोजगार बनाएर आयआर्जनमा आबद्ध गर्न सकिने उनले जनाए ।
‘उत्पादनमुलक क्षेत्रमा काम गर्नेगरी ठूलो लगानीको पब्लिक कम्पनी स्थापना गर्न सकिन्छ ।’ उनले भने, ‘प्रत्येक घरपरिवारलाई आर्थिक क्षमता अनुसार शेयर दिएर मालिक बनाउन लाग्नुपर्छ ।’ जिल्लामा भूगोलका आधारमा उत्पादन हुने कृषिजन्य वस्तुको खरिद बिक्री सोहि कम्पनीबाटै गर्न सकिने उनले स्पष्ट पारे ।
२० देखि ३० वर्ष उमेर समूहका झण्डै ४५ हजार र ३० देखि ४० वर्षसम्मका करिब ३५ हजार युवायुवतीलाई देशमै केहि गर्न सकिन्छ भन्ने भरोसा दिलाएर काम गर्ने प्रतिबद्धता ढकालले जनाएका छन् । रोजगारीको खोजिमा बिदेश रहेका झण्डै ४० हजार युवा उमेरका जनशक्तिलाई आयमुलक व्यवसायमा लगाउन सकिने आफ्नो स्पष्ट योजना रहेको बताउँदै उनले विकास र सम्बृद्धिलाई एक साथ अगाडी लैजाने बताए ।
हजारौलाई रोजगारी दिलाएको अनुभव र लाखौलाई स्वरोजगारी सृजना गरेका ढकालले अगाडी सारेको योजनाले छिट्टै पूर्णता पाउनेमा जिल्लाका अगुवा व्यवसायी रविन्द्रमान श्रेष्ठ विश्वस्त देखिए । ‘भरत सरले विगतमा दर्जनौ कम्पनी खोलेको अनुभवले जिल्लाका प्रत्येक घरपरिवारलाई मालिक बनाउन सजिलै कम्पनी खोल्न सक्नुहुन्छ ।’ श्रेष्ठले भने, ‘भरत सरको अनुभवको फाइदा अब जिल्लाबासीले लिन सक्नुपर्छ ।’
आफ्नो निर्वाचन क्षेत्रका ५२ वटा वडामा मतदाता भेटघाट, घरदैलो र टोलस्तरको सम्बोधनमा काँग्रेस उम्मेदवार ढकालले भौगोलिक बनावट र वातावरणीय अनुकूलतामा कृषिजन्य उत्पादनमा केन्द्रित हुन उनले सबैलाई आग्रह गरे । जिल्लामा मासु, दुग्द्यजन्य उत्पादन वृद्धिसँगै सुन्तला, कफी, अदुवा र अन्य नगदेबालीको व्यावसायिक उत्पादनमा लाग्न सुझाए ।
मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष, संस्थापक प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ फाउण्डेसनका संस्थापक रहेका ढकाल नेपाल पत्रकार महासंघ स्याङ्जाका संस्थापक, स्याङ्जास्थित रोयल सहकारीका संस्थापक प्रबन्ध संचालक, जिल्ला बाल कल्याण समितिका पूर्व अध्यक्ष, रुद्र–जमुना शैक्षिक प्रतिष्ठान र सहारा समूहका संस्थापक रहेर ढकालले झण्डै ३० वर्ष सामाजिक सेवामा काम गरेका छन् ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


