स्याङ्जाका ८ स्थानीय तहमा आज (शुक्रबार) सार्वजनिक बिदा ।

sarbajanik bida

स्याङ्जा :
स्याङ्जा जिल्लाका ८ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका वालिङ, पुतलीबजार,भीरकोट,चापाकोट र गल्याङ नगरपालिका तथा कालीगण्डकी,विरुवा र हरिनाश गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।
११ वटा स्थानीय तह रहेको स्याङ्जामा ८ वटा स्थानीय सरकारले ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।
सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
जिल्लाका अर्जुनचौपारी, आँधीखोला र फेदीखोला गाउँपालिकाले भने औपचारिक रुपमा बिदा दिएका छैनन् ।

Facebook Comments Box
TOP