सुन तस्करीमा दोषी ठहर रेग्मीलाई स्याङजा–१ मा रास्वपाको टिकट: ‘सुशासन’ माथि गम्भीर प्रश्न,कार्यकर्तामै असन्तुष्टि
स्याङजा :
सुन चोरी पैठारी प्रकरणमा दोषी ठहर भइसकेका धनन्जय रेग्मी यतिबेला प्रतिनिधिसभा सदस्य पदका लागि स्याङजा–१ बाट उम्मेदवार बन्नुभएकाे छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिनुभएकाे हाे।
विमानस्थल भन्सार कार्यालयका अभिलेखअनुसार रेग्मीले २०७४ पुस ७ गते कतार एयरवेजको उडानबाट नेपाल फर्कँदा तीन वटा बिस्कुट आकारका करिब ३० ग्राम सुन चोरी पैठारी गरी ल्याएको भेटिएपछि पक्राउ पर्नुभएकाे थियाे। सोही घटनाका आधारमा उहाँविरुद्ध २०७४ पुस ७ मै मुद्दा दर्ता गरिएको थियो।
भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७(१) अन्तर्गत कसुर ठहर गर्दै विमानस्थल भन्सार कार्यालयले २०७७ भदौ २१ गते उनलाई बिगोबमोजिम एक लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। सुन चोरी पैठारीको कसुरमा उक्त जरिवाना निर्धारण गरिएको निर्णयपछि सम्बन्धित निकायलाई जानकारी गराइएको थियो।
यसैबीच, विमानस्थल भन्सार कार्यालयले २०७८ पुस २९ गते सरकारलाई जानकारी गराएको थियो। सुन तस्करी प्रकरणमा जरिवाना ठहर भएपछि सरकारी पदमा बस्न पाइदैन।
उहाँ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुँदा लण्डनबाट फर्किने क्रममा अवैध मदिरा ल्याउन नदिएको भन्दै विमानस्थल कर्मचारीसँग दुर्व्यवहार गरेको आरोपमा विवादमा तानिनुभएकाे थियाे। विदेशी मदिरा आयातसम्बन्धी विवाददेखि सुन तस्करी प्रकरणसम्म मुछिएका रेग्मीको रास्वपामा प्रवेशलाई पार्टीले महत्वपूर्ण उपलब्धीका रूपमा प्रस्तुत गरेको छ।
तर, पार्टीभित्रकै केही कार्यकर्ताले विभिन्न काण्डमा मुछिएका व्यक्तिलाई उम्मेदवार बनाउनु उपयुक्त नभएको टिप्पणी गरेका छन्। चुनावी माहोल तातेका बेला विगतका यस्ता प्रकरणले स्याङजा–१ को चुनावी समीकरणमा कस्तो प्रभाव पार्ने हो, त्यसतर्फ राजनीतिक वृत्तको चासो बढेको छ।

समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
१ महिना अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


