चापाकोटमा पनि मनाईयो ३७ औ वि पि स्मृति दिवस ।

रामचन्द्र भट्टराई/चापाकोट :
नेपाली कांग्रेस नगर कार्य समिति चापाकोट स्याङ्जाले ३७ औ वि पि स्मृति दिवस मनाएको छ । पार्टीका संस्थापक विश्शेश्वर प्रसाद कोईरालाको निधनको ३७ पुण्य तिथीका अवसरमा चापाकोटमा वृक्षारोपण गरि दिवस मनाईएको हो ।
चापाकोट सुन्तलीटारमा रहेको वि पि को शालिकमा माल्यार्पण पछि नेपाली कंग्रेसका नेता कार्यकर्ताहरुले वडा नं ९ को शितल पार्कमा कपुर,धुपी, सिसौ,अमला,पाम,खयर आदि जातका करिब ३०० बिरुवा रोपिएको चापाकोट १ का वडाध्यक्ष टिकाराम तिवारीले जानकारी दिनु भएको छ । वृक्षारोपण पछिको सभामा बोल्दै चापाकोट नगर प्रमुख शिवकुमार गिरिले नेपाली कंग्रेसले वि पि को चिन्तन र आदर्शलाई भुल्न नहुने बताउनु भयो ।
वडा नं ९ का संयोजक रामु बस्यालको स्वागत बाट शुरु भएको कार्यक्रममा कांग्रेसका पुर्व जिल्ला सदस्य हिरण्यलाल आचार्य,क्षेत्रिय सदस्य बाबुराम भण्डारी ,नगर उपसंयोजक ज्ञानेश्वर बस्ताकोटी,पुर्व चापाकोट सभापति सुर्य प्रसाद आचार्य,चापाकोट उ वा संघ अध्यक्ष मणि खनाल, ज्येष्ठ सदस्य चोलेश्वर आचार्य लगायतले वि पि का राजनीति तथा सामाजिक जीवनका बारेमा आ आफ्ना विचार राख्नुभएको थियो । चापाकोट नगर सभापति रामचन्द्र पंज्ञानीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर सचिव गौरव भट्टराईले गर्नुभएको अर्का नगर सचिव उत्तम आचार्यले जानकारी दिनुभएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


