नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
वालिङ :
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेमाथि शारीरिक आक्रमण गर्ने धम्कीप्रति नेपाल प्रेस युनियन स्याङ्जाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार लेखेकै आधारमा स्याङ्जाको वािलङ ८ बीपी चोक बस्ने सूर्यप्रसाद काफ्लेले सञ्चालन गर्दै आएको फेसबुक पेज (Waling Nepal) बाट निरन्तर अश्लील गालीबेइज्जती गर्नुका साथै शारीरिक आक्रमण गर्ने धम्कीसहितका स्टाटस, अडियो तथा भिडियो सामग्री सार्वजनिक गरिएको हो ।
नेपाल प्रेस युनियन स्याङ्जाका सचिव शंकर सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील कलमजीवी पत्रकार तथा सिंगो संगठनका अध्यक्षमाथि यस किसिमका धम्कीपूर्ण गतिविधि हुनु अत्यन्तै चिन्ताजनक विषय भएको उल्लेख गरिएको छ ।
“समाचारमा चित्त नबुझे कानुनी प्रक्रियाअनुसार आफ्नो असहमति राख्ने विकल्प छँदै थियो” सचिव सुवेदीले भन्नुभयो, “पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, अपमानजनक भाषा प्रयोग गर्ने तथा शारीरिक आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो ।”
गैरजिम्मेवार, असभ्य र गैरकानुनी गतिविधिले पत्रकारको पेशागत सुरक्षामाथि खतरा उत्पन्न गर्ने र त्यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि समेत आँच पु¥याउने ठहर युनियनको रहेको उहाँले बताउनुभयो ।
पत्रकारमाथि धम्की दिने दोषीमाथि कानुनबमोजिम छानबिन गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग नेपाल प्रेस युनियन स्याङ्जा जोडदार मागसमेत गरेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


