गल्याङमा काव्य उत्सव
वालिङ :
गल्याङमा काव्य उत्सव सम्पन्न भएको छ । नाट्य सम्राट बालकृष्ण समको १२४औँ जन्मजयन्ती तथा कवि शिरोमणी लेखनाथ पौडेलको ६०औँ स्मृति दिवसका अवसरको पुर्व सन्ध्यामा गल्याङमा शनिबार काव्य उत्सव गरिएको हो । गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रम जगत्रदेवि साहित्य संगमको आयोजना तथा चिराग आवसीय मावि गल्याङका पुर्व विद्यार्थी हाल अमेरिका निवासी समाजसेवी डा. विश्व विके खड्को विषेश सहयोगमा गरिएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने पोर्खे साइँलोले यस्ता काव्य उत्सवहरुले श्रष्टाहरुले आफ्ना रचना प्रस्तुत गर्ने अवसर पाउने भएकाले समय समयमा यस्ता कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको बताउनुभयो । नाट्य सम्राट सम र कवि शिरोमणी पौडेलले साहित्यीक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै साहित्य समाजको ऐना भएको बताउनुभयो । साहित्यले समाज, परिवेश, राजनितिलगायतका क्षेत्रमा भईरहेका सकरात्मक र नकरात्मक पक्षलाई कलमको माध्यमबाट बाहिर ल्याउने उहााले बताउनुभयो ।
कार्यक्रममा बालकृष्ण सम र लेखनाथ पौडेलको कृतित्वमाथि जगत्रदेवि साहित्य संगमका उपाध्यक्ष लिलाबल्लौ अर्यालले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पाल्पा साहित्य समाजका पुष्कर अथक रेग्मी, पोखरा थोक साहित्य समाजका गोविन्द खनाल, भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा दुर्गा राना, दिलिप मगर, गिता थापा, प्रेमबन्धु सुवेदी, भवनाथ बस्याल, नारायणप्रसाद न्यौपाने, गुरुप्रसाद ढकाल, पार्वती थापा, भोजकुमारी पाण्डे, ढालबहादुर केसी, सनकुमार गैह्रे, लोकहरी पाण्डे, वसन्त खनाल, सुर्यप्रसद डुम्रेलगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रम साहित्य संगमका अध्यक्ष चण्डिका प्रसाद भट्राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष पार्वती थापा र संचालन सचिव डिल्लीराम भण्डारीले गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


