खानेपानी मर्मत गर्न गएका थापाको भीरबाट लडेर मृत्यु
स्याङ्जा :
स्याङ्जामा खानेपानीको ट्याङ्की मर्मत गर्न गएका एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको गल्याङ गाउँपालिका–१०, पकवादीका ५५ वर्षीय धर्मबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो घर नजिकै जङ्गलमा पानीको मुहान तथा ट्याङ्की सफा गरी फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी एक मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरी चौकी गल्याङ, स्याङ्जाबाट प्रहरी नायब निरीक्षक दुर्गाबहादुर रानाभाटको कमान्डमा प्रहरी टोली खटिइ गएको र घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाएको चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो ।
गल्याङ नगरपालिका–१०, पकवादीका ११० घरपरिवारले पानी खाँदै आएको ट्याङ्की मर्मत र सरसफाइका लागि चार जना जानु भएको स्थानीय गुरुप्रसाद खनालले जानकारी दिनुभयो । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


