वालिङ–युएई समाजको अध्यक्षमा तिवारी ।
स्याङ्जा :
वालिङ युएई सम्पर्क समाजको अध्यक्षमा युवराज तिवारी चयन हुनुभएको छ । समाजको तेस्रो अधिवेशनले तिवारीको अध्यक्षतामा नयाँ समितिको गठन गरेको हो । जसको बरिष्ठ उपाध्यक्ष लक्ष्मी भट्टराई,महासचिव टिकाराम लुईटेल चयन हुनुभएको हो ।
स्याङ्जाको वालिङ नगरपालिका क्षेत्रमा जन्मभूमि भई तथा युएईमा कर्म भुमि भएका नेपालीहरुको साझा सामाजिक संस्थाको रुपमा समाजले काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष तिवारीले बताउनु भयो ।
समितिमा निर्वाचन समितिका संयोजक सन्दिप खनाल,सहसंयोजक ख्याम लुईटेल,संरक्षक चोबाकान्ता डुम्रे ,निवर्तमान अध्क्षय सुर्य गोतामे र प्रमुख संरक्षक याम प्रसाद पाण्डे ,समाजका प्रमुख सल्लाहाकार सोनु डुम्रे रहनुभएको छ । समाजले वालिङ् क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू गर्नुका साथै युएईमा रहेको वालिङवासीलाई एकजुट गराउदै सुखदुःखमा सहकार्य गर्दै आएको समाजले जनाएको छ ।
निर्वतमान अध्यक्ष गोतामे नेतृत्वको समाजले युएईमा महत्त्वपूर्ण कार्यक्रम तथा समन्वय गर्दै आएको भन्दै नवनिर्वाचित अध्यक्ष तिवारीले यसलाई अझै गतिशील बनाउने प्रतिबद्धता जनाउनु भयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


