स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

वालिङ :
आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसले क्षेत्र नं–१ मा आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं–२ मा चापाकोट नगरपालिका–५ का भागवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको हो ।
ढकाल मुक्तिनाथ विकास बैँकको सिइओ तथा अध्यक्ष भएर काम गरि सक्नु भएको छ । उहाँ पहिलो पटक निर्वाचनमा होमिनु भएको हो ।
क्षेत्र नं. २ का उमेद्वार मल्ल यसअघि २०७४ मा प्रदेश सभामा क्षेत्र नं–२(ख)बाट निर्वाचित हुनु भएको थियो ।
आफूहरुले टिकट बुझेको र स्याङ्जाको लागि प्रस्थान गरेको उमेद्वारहरुको भनाई छ ।

Facebook Comments Box
TOP