साउने सोमबार-छाङ्छाङ्दी छायाछेत्र मन्दिरमा भक्तजनहरुको घुइँचो ।

राधाकृष्ण डुम्रे/वालिङ् :
हिन्दू धर्मावलम्बीहरुका लागि साउने सोमबार वर्षकै पवित्र दिनको रूपमा लिइन्छ । यस दिन शिवको पूजाआराधनाका लागि शीव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्दछ । साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । महिलाहरुले हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन्न् । साउन महिनाको सोमबार भगवान शिवको विशेष पूजा आराधना गर्ने परम्परा हिन्दु धर्ममा छ । ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिन शिव उपासना विशेष मानिन्छ । साउन महिनाको सोमबार गरिने शिवको व्रत तथा पूजा विशेष फलदायी हुने विश्वास रहिआएको छ । यसदिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ । आज यस वर्षको साउनको पहिलो सोमबार पनि हो । यस हिसाबले यो वर्ष साउनमा चार वटा सोमबार परेको छ । यो सौर गणनाको हिसाबले हो । तर व्रत गर्दा धार्मिक कार्यका लागि चान्द्र तिथि बारको प्रयोग गर्नु भन्ने निर्देश छ । साउने सोमबारका दिन छाङ्छाङ्दीमा रहेको छायाछेत्रद्द शिव मन्दिरमा भक्तनजहरुको घुँईचो नै लागेको थियो ।
शिव मन्दिरको दर्शनको लागि गण्डकी प्रदेश प्रमुख वावुराम कुँवर सहितको टोली आएको थियो । त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डाक्टर शेखर कोईराला र धनराज गुरुङ, संविधानसभा सदस्य राजु थापा सहितको टोलि मन्दिरमा पुगेको थियो ।
फोटोफिचर :





समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


