आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
काठमाडौँ :
आयुर्वेद चिकित्सा परिषद् नेपालले परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह गरेको छ । परिषद्ले सूचना जारी गर्दै आयुर्वेद चिकित्सा परिषदमा अद्यावधिक दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह गरेको हो ।
आयुर्वेदसँग सम्बन्धी चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ, विशेषज्ञ वा संस्थाको नाम जोडेर औषधी उपचार वा चिकित्सा सेवालगायतका विभिन्न पक्षमा विभिन्न सामाजिक सञ्चालमार्फत जनमानसमा भ्रम सिर्जना गर्ने खालका विषयवस्तुको विज्ञापन वा सूचनाको प्रचारप्रसार भएकोले परिषद्ले यस्तो आग्रह गरेको हो ।
परिषदमा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति, वा संस्थाले आयुर्वेद औषधी, उपचार सेवा वा सामग्रीको नाममा त्यस्ता भ्रामक वा अतिरञ्चित विज्ञापन वा प्रचार प्रसार नगर्नु नगराउनुहुन परिषद्ले अनुरोध गरेको छ ।
त्यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, निमय कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


