खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
शिक्षा, स्वस्थ्य, खेलकुद र राजगारीमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको फाउण्डेसनले यहाँका छ पालिकाका १७ विद्यालयका विद्यार्थीलाई फाउण्डेसनले न्यानो कपडा ट्रयाक सुट वितरण गरेको हो ।
फाउण्डेसनले पुतलीबजारको कोल्मा बराहचौर माविमा ११०, फेदीखोला गाउँपालिकाका नौ विद्यालयमा १०२, भीरकोट –७ को महेन्द्र ज्याती माविमा ९३ र दबुढाटी माविमा १०३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
यस्तै, कालीगण्डकी –१ के अमरदीप आधारभूत विद्यालयमा ६२ र पियूघा माविमा ५८ जना, अर्जुन चौपारी–२ को रानीचरी आविमा ६२ जनालाई बाढेको हो ।
यस्तै, गल्याङ नगरपालिकामा जगत्रदेवी आविमा ७० र हिमाञ्चल आविमा ३० जनालाई न्यानो कपडा बाढेको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो ।
फाउण्डेसनले विपन्न, दलित तथा अल्पसिमाङकृत विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको शर्माले बताउनुभयो ।
फाउण्डेनले दोस्रो चरणमा माघ २० गतेसम्म अन्य माग गरेका विद्यालयमा न्यानो कपडा वितरण गर्ने शर्माले बताउनुभयो ।
फाउण्डेसनले यसअघि क्रिकेटमा अण्डर १९ का तीन जना जिल्लाका खेलाडीलाई एक एक लाख प्रदान गरेको थियो भने पञ्चकन्या माविमा दुई थान कम्प्युटर प्रदान गरेको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


