‘रात्री आकाश’ गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव
वालिङ :
युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा १३१ वटा समसामयिक गजलहरुको संग्रह रात्री आकाशको लोकार्पण एवम् वालिङ गजल उत्सव २०८२ सम्पन्न भएको छ ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौं वर्ष प्रवेशको पूर्व सन्ध्यामा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानद्वारा आयोजित कार्यक्रममा रात्री आकाश गजल कृतिको लोकार्पण एवम् वालिङ गजल उत्सव २०८२ सम्पन्न गरिएको हो । रात्री आकाश गजल कृतिको लोकार्पण युवा गजलकार बाबु त्रिपाठीले गर्नुभएको थियो । लोकार्पण गरिएको कृतिमाथि सीता गौडेल गैह्रे र राहुल शङ्करले समीक्षा गर्नुभएको थियो ।
स्याङ्जाको गल्याङ नगरपालिका ११, लबरकोटमा बुवा तोलाकान्त ढकाल र आमा प्रेमकान्ति ढकालको कोखबाट जन्मिनुभएका युवा गजलकार गुरुप्रसाद ढकाल हाल जानकी माध्यमिक विद्यालय गल्याङ ९ अमिलाथुममा शिक्षण पेशामा कार्यरत रहेर आधुनिक नेपाली मौलिक गजल लेखन अभियानमा सक्रिय हुनुहुन्छ ।
सोही अवसरमा स्रष्टाहरु दिलीप मगर, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सिर्जना खनाल, पूजा रेग्मी, गजल यात्री एसी, सरस्वती अर्याल काफ्ले, नेत्र अधिकारी, लोकनाथ भण्डारी, प्रेमबन्धु सुवेदी, चण्डिकाप्रसाद भट्टराई, लक्ष्मीप्रसाद भण्डारी, अनिषा तिवारी, झवनाथ बस्याल, रेशमलाल डुम्रे, राजु गैह्रे, विनुप्रसाद पराजुली, देवराज गैह्रे, पारिश्वर न्यौपाने, शम्भु अर्याल, वसन्त खनाल, मित्रलाल गौतम, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, ढालबहादुर केसी, भोजकुमारी पाण्डे, लेखनाथ काफ्ले, डोलराज भण्डारी, डिल्लीराम भण्डारी, कुसुम भण्डारी लगायतले आ– आफ्ना सिर्जनाहरु वाचन गर्नुभएको थियो ।
प्रेमकान्ति ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हुमनाथ ढकालले स्वागत र साहित्यकार मिलन समीरले सञ्चालन गर्नुभएको थियोे ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पद्मा अर्याल सहित को – को परे एमाले बाट समानुपातिकमा
६ दिन अगाडि
काठमाडाै : नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले…


