बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
स्याङ्जा :
बिरुवा गाउँपालिकाद्वारा निर्माण गरिएको १० शैयाको बिरुवा आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री माननीय कृष्णप्रसाद पाठकले आज एक विशेष समारोहका बीच अस्पतालको उद्घाटन गर्दै तत्काल आवश्यक स्वास्थ्य जनशक्ति तथा उपकरण व्यवस्थित गर्ने प्रतिबद्धता जनाए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाठकले अस्पतालमा शीघ्रै मेडिकल अफिसर, एक्स–रे मेसिन र आवश्यक सर्जिकल सामग्री उपलब्ध गराइने बताए। गाउँमै प्राथमिक उपचार उपलब्ध गराउने लक्ष्यअनुरूप प्रदेश सरकारले ग्रामीण भेगमा सुविधा सम्पन्न स्वास्थ्य संरचना विस्तार गरिरहेको उनले उल्लेख गरे।

कुल १ करोड ७४ लाख ८० हजार रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको १० शैयाको यो आधारभूत अस्पताल ६ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको प्रमुख प्रशासकीय अधिकृत परशुराम पोख्रेलले जानकारी दिए। अस्पतालले मेडिकल अफिसरसहितको सेवा आजदेखिै प्रारम्भ गरेको छ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले अस्पताल निर्माण र सञ्चालनमा प्रत्यक्ष–अप्रत्यक्ष योगदान पुर्याउने नेपाल सरकार, गण्डकी प्रदेश सरकार, सामाजिक विकासका लागि सहयोगी हातहरू तथा स्थानीय जनप्रतिनिधि प्रति आभार व्यक्त गरे।
कार्यक्रममा पूर्व सांसद ध्रुव लम्साल, पूर्व गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मी, नेपाली कांग्रेस गाउँपालिकाका सभापति डोलराज पोख्रेल, नेकपा (एमाले) गाउँ कमिटी सचिव गोपाल कोईराला, गाउँपालिका उपाध्यक्ष भगवती शर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


