स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
तानसेन :
अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले पाल्पाको बगनासकाली–३, आर्यभाङ्ज्याङ्गबाट लु. प्र.०१–००१ ख. ९५९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ट्रक सिद्धार्थ राजमार्गको बाटो भई स्याङ्जादेखि पाल्पा हुँदै बुटवल जाँदै थियो । ट्रक रोकी चेकजाँच गर्दा १२० बोरा अवैध युरिया मल भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले बताउनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर, काठमाडौँ लेखेको बोरामा ६० क्वीण्टल युरिया मल फेला परेको ठकुरीले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको ट्रक, मल र चालकलाई राजश्व अनुसन्धान कार्यालय बुटवलमा अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ । -गोरखापत्र
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


