कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।

स्याङ्जा :
स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र कृषकलाई हेर्नेे सोचमा परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो ।
साना किसान र महिलाहरुलाइ समेटेर अगाडि बढ्दा उत्पादकत्व र उत्पादन बढ्न सकिने उहाँको भनाइ छ । खाद्य सृङ्खला र खाद्य प्रणाली व्यवस्थापनमा सवैले ध्यान दिनु पर्ने बताउनु भयो । सामाजिक पूँजीको विकासलाइ प्राथमिकतामा राखेर गरिने क्रियाकलापले आर्थिक रुपान्तरण हुने उहाँको भनाइ छ ।
हेफर प्रोजेक्ट नेपालको आयोजना तथा दियालो संस्थाको व्यवस्थापनमा छलफल तथा योजना निर्माण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका क्षेत्रिय प्रमुख नविन काफ्लेले कृषकको योजना र कार्यक्रम हेरेर लगानी गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“नीतिगत रुपमा नै कार्यक्रम हेरेर ऋण तथा अन्य लागनी गर्ने वातावरण बनाउन आवश्यक छ ।”


कृषि, उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेर हेफर प्रोजेक्टले वालिङमा गरेको कार्यक्रमका सहभागीले ‘संस्थागत विकास,दिगो खाद्य प्रणली,नीजि क्षेत्र वित्त र बजार तथा ्नीति र सक्षम वातावरण’ लगायतका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेशका प्रमुख सुदिप अर्याल,जिल्ला कृषि विकास कार्यालयका कृषि अधिकृत गुरु प्रसाद अर्याल,भीरकोट नगरपालिकाका योजना अधिकृत याम प्रसाद रेग्मी,गल्याङ नगरपालिकाका योजना अधिकृत प्रतिमा लम्साल,जिल्ला भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका डाक्टर भरत रेग्मी,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अधिकृत प्रतिभा बुढाथोकी क्षेत्री,गरिमा विकास बैंकका क्षेत्रीय प्रवन्धक लेखनाथ भट्टराई, पशु सेवा शाखा वालिङ नगरपालिकाका प्रमुख डा.रोशन बस्याल र भीरकोट नगरपालिकाका प्रमुख डा.अमृत भण्डारी,गल्याङ नगरपालिकाका पशु सेवा प्रमुख डां सुप्रिना शर्मा,पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला, गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल,युवराज रेग्मी,सिर्जना सिग्देल,केश बहादुर थापा, कृष्ण प्रसाद डुम्रे लगायतले कृषि विकासका विभिन्न धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बिज्ञ सुशिल ज्ञवाली, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे,अधिकृत शोभाखर न्यौपाने,नागेन्द्र भट्ट, राधाकृष्ण डुम्रे लगायतले सहजीकरण गर्नु भएको थियो ।

Facebook Comments Box
TOP