गुरुकुलका बटुकको स्वास्थ्य बीमा
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको चापाकोट नगरपालिका–८, खोरियाघाटस्थित मणिमुकुन्देश्वर गुरुकुलमा अध्ययनरत आवासिय ८ जना विद्यार्थीको स्वस्थ्य बीमा गरिएको छ । गुरुकुलमा अध्यनरत जन्म दर्ता भएका र विवरण पुगेका बटुकको स्वास्थ्य सुरक्षाका लागि २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिएको हो ।
गुरुकुलमा बस्दै आएका विद्यार्थीहरू बिरामी परेपछि अस्पताल लैजान अभिभावक तथा समितिका प्रतिनिधिहरू समयमै उपस्थित हुन नसक्ने समस्या देखिएपछि चापाकोट नगरपालिका वडा नं.–८ को पहलमा बटुकहरुको बीमा गरिएको वडाध्यक्ष टोपलाल न्यौपाने (राजु) ले बताए ।
बटुकको बीमा सुविधासँगै गुरुकुलका विद्यार्थीलाई उपचारमा छिटो, छरितो र सहज हुने अपेक्षा गरिएको न्यौपानेले बताए । विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता रहेको बताउँदै न्यौपानेले आउँदा दिनमा जुनसुकै बालक बिरामी परेपनि उपचारका कुनै ढिलाइ नहुनेमा विश्वास जनाए ।
मणिमुकुन्देश्वर गुरुकुलमा २४ जना गरिब, जेहेन्दार तथा अभिभावक बिहीन विद्यार्थी अध्यनरत रहेको गुरुकुलका प्रमुख जिवन आचार्यले बताए । पहिलो चरणम १० जनाको बीमा माग गरिएकोमा दुई जना बटुकको आवश्यक कागज अभाबमा बीमा हुन् सकेन । कागजी प्रक्रिया पुरा भएसँगै अन्य बटुकहरुको समेत बीमा गरिने भएको छ ।
वडाको सहयोगले गुरुकुलका विद्यार्थीहरूमा स्वास्थ्य सुरक्षा प्रदान गरेको प्रमुख आचार्यले बताए । गुरुकुलको सेवा विस्तार, संस्कार र समर्पणको यात्रामा अगाडी बढ्न बीमाले थप प्रभावकारीता थप्नेमा गुरुकुलले अपेक्षा गरेको छ ।
२०६५ सालमा स्थापना भएको गुरुकुल दाताहरुको सहयोगमा संचालन हुँदै आएको छ । गुरुकुलमा अध्ययनरत बटुकहरूलाई आवास सहितको भोजन, शैक्षिक सामग्री गुरुकुलले व्यवस्थापन गर्दै आएको छ । स्थानीय स्वास्थ्य संस्थाको सहकार्यमा बटुकको उपचार सुविधा निःशुल्क गरिदै आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


