‘पढ्दै, कमाउँदै’ विद्यालयको जग्गामा नर्सरी
प्रकाश डोटेल/स्याङ्जा :
वालिङको एक सामुदायिक विद्यालयमा ‘पढ्दै, कमाउँदै’ कार्यक्रम अन्र्तगत नर्सरी स्थापना गरी बेर्ना (बिरुवा) उत्पादन थालिएकोे छ । स्याङ्जाको वालिङ नगरपालिका–१० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालय र भकुण्डेको न्यू गाउँबेशी बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त प्रयासमा नर्सरीमा बिरुवा उत्पादन गर्न थालिएको हो ।
विद्यालय र सहकारीले स्थापना गरेको नर्सरीमा विभिन्न प्रजातिका बेर्ना उत्पादन गरिदै आएको छ । नर्सरी स्थापनामा आर्थिक सहयोग र बजारीकरणको जिम्मा सहकारीले लिएको छ । संस्थाले नाफा कमाउनु मात्रै होईन्, विभिन्न रचनात्मक र आयआर्जका लागि विद्यालयसँग सहकार्य गरेर बेर्ना उत्पादन गर्दै आएको सहकारी अध्यक्ष अर्जुन खनालले बताए ।
लगानी र बजारीकरणको जिम्मा सहकारीले लिएको छ भने उत्पादन कार्यमा विद्यालयका विद्यार्थी तथा प्राविधिक शिक्षकहरुले श्रमदान गर्दै आएका छन् । उत्पादित मौसमी तथा बेमौसमी तरकारीका बेर्ना, फलफूलका बिरुवाहरु सहकारीले बजारीकरण गर्दै आएको छ । बिरुवा बिक्रीबाट भएको नाफामध्ये ७० प्रतिशत विद्यार्थीलाई र ३० प्रतिशत सहकारी र विद्यालयलाई उपलब्ध गराईने छ ।
सहकारी र विद्यालयको संयुक्त अभ्यास जिल्लामा संभवत नौलो र पहिलो हो । स–साना विद्यार्थीले विद्यालयमा सिकेको सीपलाई घरमा पनि प्रयोग गरेर ब्यावसायिक बन्नेमा कार्यक्रम सहयोगी बन्नेमा सहकारीले विश्वास लिएको अध्यक्ष खनालले बताए । पछिल्लो सिजनमा विद्यार्थीले नर्सरीमा काउली, बन्दा, ब्रोकाउली, साग, बोडि, सिमी लगाएतका तरकारीका बेर्ना उत्पादन गरेका छन् ।
बेर्ना बिक्रीबाट भएको आम्दानीबाट विद्यार्थीले शैक्षिक सामग्री खरिद तथा विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले बताए । विद्यालयमा सञ्चालित बाली विज्ञान विषयमा अध्ययनरत कक्षा ९ का विद्यार्थी तथा प्राविधिक शिक्षकको सहजीकरणमा बिरुवा÷बेर्ना उत्पादन गरिएको प्रधानाध्यापक लम्सालले जनाए ।
‘विद्यालय परिसरकै जग्गामा नर्सरी स्थापना गरी कृषिमा प्रविधिको प्रयोगबाट मौसमी तथा बेमौसमी तरकारी तथा फलफूलका बिरुवाहरु उत्पादन गर्न थालिएको छ ।’ प्रधानाध्यापक लम्सालले भने, ‘विद्यालयमा सैद्धान्तिक ज्ञानसँगै सिकेको प्रयोगात्मक ज्ञान सिक्नेलाई घर र समुदायमा पनि प्रयोगमा ल्याई उद्यमशीलताको विकास गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’
पहिलो चरणमा चालु शैक्षिक सत्रबाट सुरु भएको नर्सरीलाई आगामी दिनहरुमा थप ब्यवस्थित गरी विस्तार गर्दै लगिने लक्ष्य राखिएको छ । नर्सरीमा विद्यार्थीले गोलभेडा, काउली, ब्रोकाउली, बन्दा लगायतका बेर्ना उत्पादन हुँदै आएको छ । अर्को सिजनमा च्याउ र नगदेबालीका कार्यक्रमहरु विस्तार गर्दै लगिने विद्यालयले तयारी गरेको छ ।
वालिङ नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नगरका एक दर्जन विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रम लागू भएका विद्यालयले मौसमी कृषिजन्य वस्तु उत्पादन गर्दै आएका छन् । उत्पादित कृषिजन्य वस्तुको बिक्रीबाट दिवा खाजासँगै विद्यालयको भौतिक पूर्वाधार समेत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


