चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा स्याङ्जामा युवकको हत्या :८ जना पक्राउ
वालिङ : चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा स्याङ्जामा एक युवकको हत्या भएको छ ।
वालिङ नगरपालिका–५ बाहुनडाँडा ३२ वर्षीय ढालबहादुर थापाको हत्या भएको हो । थापाले चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा कुटपिट गरेर युवाहरुको समूहले हत्या गरेको प्रहरीले बताएको छ ।
हत्या आरोपमा प्रहरीले आइतबार ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरू प्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय किशोर, सोही नगरपालिका–६ बस्ने २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय किशोर रहेका छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


