महिला नेतृत्वको सवाल-समावेशी स्थानीय सरकार सवलिकरण कार्यक्रम।

राधाकृष्ण डुम्रे/वालिङ :
प्राध्यापक कृष्ण खनालले खर्चिलो चुनावले कमजोर वर्ग विस्थापित भएको बताउनु भएको छ । स्याङ्जाको वालिङमा भएको कार्यक्रममा प्राध्यापक खनालले पैसा हुनेले मात्रै चुनावमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था आएको बताउनु भयो । उहाँले भन्नुभयो,“ज्ञान,सिप र उत्कृष्ट क्षमता हुँदाहुँदै पनि पैसाको अभावमा राजनीतिबाट बिस्तापित हुनु परेको छ, जुन सारै दुःखद हो ।” यस्तो अवस्थामा परिवर्तन ल्याउन सबै लाग्नु पर्नेमा उहाँको जोड छ ।
महिलाहरुको सङ्ख्यामा पुरुष भन्दा माथि तर पहुँच र हैसियत भने तल रहेको खनालको भनाई छ । पछाडि रहेको समूह राजनीतिमा अगाडि बढ्न ठूलो नेताको पछाडि लाग्नु पर्ने अवस्था रहेको छ यस्तो सोचमा परिवर्तन आउन जरुरी रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य तथा दलित महिला केन्द्र नेपालका अध्यक्ष लक्ष्मी परियारले महिलाको नेतृत्व स्थापित गर्न सवै चनाखो हुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो,“संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागीतालाई प्रभावकारी बनाउन जरुरी छ ।”
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएकी परियारले पार्टीको निर्णय तहमा महिला तथा पछाडि परेको समूहलाई सहभागि गराउने आफूहरुको अभियान भएको बताउनु भयो । आगामी स्थानीय तहको चुनावमा महिलाहरुलाई माथिल्लो तहमा टिकट दिएर उनीहरुले नै नेतृत्व गर्ने वातवरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
सहभागिता र पहुँच बृद्धिका लागि संयुक्त रुपमा पार्टीका नेता तथा कार्यकताहरुसँग कार्यक्रम राखिएको उहाँको उहाँको भनाई छ । महिला नेतृत्वको सवाललाई लिएर सात वटै प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम गरिने परियारले बताउनु भयो ।


वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महिलालाई नेतृत्वमा पु¥याउन क्षमताको समेत विकास गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“आगामी चुनावमा महिलालाई वडा अध्यक्षको रुपमा पुग्ने गराउन राजनीतिक दलहरुले अहिलेबाट नै तयारी थाल्नु पर्दछ ।” महिलाहरु सक्षम भएको र अवसरको लागि तयार रहेको उहाँको भनाइ छ ।

राजनीतिक दलको नेतृत्वमा बस्नेहरुको सोचमा परिवर्तन आउन जरुरी रहेको बताउनु भयो । नेतृत्वले हेर्ने देष्टिकोणले पछाडि परेको समूहको पहुँचमा सकारात्मक बृद्धि हुने स्पष्ट हुने स्पष्ट पार्नु भयो ।
राजनीतिक दलको नेतृत्वमा बस्नेहरुको सोचमा परिवर्तन आउन जरुरी रहेको बताउनु भयो । नेतृत्वले हेर्ने देष्टिकोणले पछाडि परेको समूहको पहुँचमा सकारात्मक बृद्धि हुने स्पष्ट पार्नु भयो ।
वालिङ नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको सहकार्यमा आयोजना गरिएको प्रभावकारी र समावेशी स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तर्गत ‘स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चितता’ बिषयक कार्यक्रम गरिएको हो ।


कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट क्षेत्रीय प्रतिनिधि कमल भित्रिकोटी,नेकपा एमालेका तर्फबाट अनेमसंघ वालिङका अध्यक्ष मैना कोईराला, नेकपा माओवादी केन्द्रको तर्फबाट चुरामाणि सुवेदी, रास्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नगर सभापति सुरेन्द्र काफ्ले,राप्रपा स्याङ्जाका अध्यक्ष शोभा गैह्रे,क्षेत्रीय अध्यक्ष पूर्ण बहादुर थापा,नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि धुर्व गौडेल लगायतले समावेशीता र समानुपातिक व्यवस्थाले तल्लो बर्गलाई पहुँचमा पु¥याउने काम गरेको भन्दै यसलाई अझै सुधार गर्दै लैजानु पर्नेमा जाड दिएका थिए ।
कार्यक्रम वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सीता काफ्ले रेग्मीले गर्नु भएको थियो ।
कार्यक्रमा विभिन्न राजनैतिक दलका प्रतिनिधि,जनप्रतिनिधि,दलित महिला क्षेत्रका अगुवाहरुको सहभागिता रहेको दलित महिला केन्द्र नेपालका फिल्ड अधिकृत रितेश शाशांकर (विक)ले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP