निर्माण व्यवसायी विकासका पहरेदार : सभापति थापा
स्याङ्जा :
नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघिय सांसद राजु थापाले निर्माण व्यवसायी विकासका पहरेदार रहेको बताएका छन् । लोकतान्त्रिक निर्माण व्यवसायी संघ स्याङ्जाको प्रथम जिल्ला अधिवेसनको उदघाटन गर्दै सभापति थापाले निर्माण व्यवसायी विकास र राष्ट्रका आधारशिला भएको बताएका हुन् । निर्माण व्यवसायी कै कारण देशका हरेक कठिन विकास निर्माणका कार्यहरु सम्पन्न भएको उदाहरण दिदै राज्यको मेरुदण्डको रुपमा रहेको निर्माण व्यवसायीलाई सहज तवरले काम गर्ने वातावरण मिलाइनुपर्ने धारणा थापाले राखे ।
नेपाली काँग्रेसको भातृसंगठन रहेको लोकतान्त्रिक निर्माण व्यवसायी संघले पार्टीलाई बलियो बनाउने भुमिका खेल्न सबैलाई आग्रह गरे । हरेक विकासमा काँग्रेस जोडिएको छ भन्ने सन्देश दिन हरेक विकास निर्माणका कार्यहरु तोकिएकै समयमा सम्पन्न गर्न पनि सभापति थापाले अनुरोध गरे । पार्टीको संगठन र विकासलाई सगँसगै लैजादै पाटीलाई मजबुद बनाउने तर्फ लाग्न सबै निर्माण व्यवसायीहरुलाई थापाको आग्रह थियो ।
कार्यक्रममा निर्माण व्यवसायी संघका संरक्षक तथा पुर्व गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्ल, लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय सह—संयोजक राजेन्द्र पहाडी, लोकतान्त्रिक निर्माण व्यवसायी संघका समन्वय विभागका केन्द्रीय सदस्य खिमप्रकाश मल्ल, लोकतान्त्रिक निर्माण व्यवसायी संघ गण्डकी प्रदेशका संयोजक सुरेश श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघका गण्डकी प्रदेशका अध्यक्ष टंकप्रसाद बराल, नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्साल लगायतका बक्ताहरुले निर्माण व्यवसायीको हक अधिकारका बारेमा आ—आफ्ना धारणा राखेका थिए ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ स्याङ्जाका अध्यक्ष अर्जुनकुमार कार्कीको सभापतित्वमा सम्पन्न उद्घाटन अधिवेसनको कार्यक्रममा संचालन बिष्णु प्रसाद पोख्रेल र स्वागत रामचन्द्र पौडेलले गरेका थिए । कार्यक्रममा जिल्ला भरका नेपाली काँग्रेस निकट निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
६ दिन अगाडि
स्याङ्जा : स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् । लुकिछिपी बस्दै आएको भएपनि निर्वाचनको क्रममा आआफ्नो मतदान…


