विपी स्मृति दिवस : विपन्न परिवारलाई काँग्रेसको घर उपहार
स्याङ्जा :
बिरुवा गाउँपालिका वडा नं. ५ किचनासकी एकल महिला नानीमाया बिक नेपाली काँग्रेस बिरुवा गाउँकार्यसमितिको सहयोगमा निर्माण भएको नयाँ घर बस्न पाउने भएकी छन् । आर्थिक अभावका कारण वर्षौदेखि छाना चुहिने जिर्ण घरमा बस्न बाध्य भएकी बिक अब काँग्रेसले बनाईदिएको नयाँ घरमा बस्न पाएपछी खुसी भएकी छन् । नेपाली काँग्रेस बिरुवा गाउँकार्य समितिको अगुवाईमा निर्माण भएको घर वीपी स्मृतिको सन्दर्भ पारेर हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघिय सांसद राजु थापाले एक कार्यक्रमका बिच बिकलाई घरको चापी हस्तान्तरण गरेर बुझाए ।
बिकले नयाँ घरमा बस्न पाएपछि खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद दिएकी छन् । विगतमा आर्थिक अभावका कारण घर बनाउन नसकेको उनको भनाइ छ । धेरै वर्षदेखि भत्किन लागेको पुरानो घरमा बस्न बाध्य थिए उनले भनिन, ‘विगत लामो समयदेखि पुख्र्यौली घरमा बस्दै आएकोमा घर पुरानो भएर भत्किन लागेपछि समस्या भएको थियो ।’ अब भने काँग्रेसले नयाँ घर बनाइदिएपछि पहिले जस्तो दुःख नरहेको उनीको भनाइ छ । घरको चापी हस्तान्तरण गर्दै सभापति थापाले आफ्नै लगानीमा घर बनाउन नसक्नेहरुलाई घर बनाईदिने योजना स्याङ्जा काँग्रेसको रहेको बताए । २०४८ सालदेखि जनताको सुखदुखमा लागेको पार्टी नेपाली काँग्रेस साच्चिकै गरीबको जगेर्ना गर्ने पार्टी भएको सभापति थापाले दावी गरे ।
बिरुवामा जस्तै भीरकोटमा पनि नेपाली काँग्रेसले विपन्न माझी परिवारलाई नयाँ घर निर्माण गरिदिएको छ । नेपाली काँग्रेस भीरकोट नगरकार्यसमितिले वडा नंं. ६ को चिउरेनीमा प्रेम माझीको परिवारका लागि नयाँ घर बनाइदिएको हो । यो घर आगामी भदौ २४ गते वीपी जयन्तीको अवसरमा हस्तान्तरण गरिने भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) ले बताए । उनका अनुसार पक्की जस्तापाताले छाएको बरन्डासहितका दुई कोठे घर निर्माण गरिएको छ । काँग्रेसले नयाँ घर बनाइ दिएपछि यहाँको माझी परिवार हर्षित भएका छन् । यसअघि उनीहरु पौवामा बस्दै आएका थिए ।
३ लाख ५० हजार रुपियाँ खर्च गरी बिरुवामा नानीमाया विकको घर निर्माण गरिदिएको नेपाली काँग्रेस बिरुवाका सभापति डोलराज पोख्रेलले बताए । आर्थिक अवस्था कमजोर भएको परिवारलाई समाजिक सेवाभावले सहयोग गरेको पोख्रेलको भनाई छ । गत साउन ६ गते विपी स्मृति दिवसको अवसर पारेर काँग्रेसले नानीमायालाई नयाँ घर हस्तान्तरण गरेको हो । दुई कोठा र शौचालय सहितको घर झण्डै ८ महिना लगाएर काँग्रेसका कार्यकर्ताहरुले निर्माण गरेका हुन् ।
साउन ६ गते स्याङ्जा काँग्रेसले जिल्लाभर वीपी स्मृति दिवस मनाउन आग्रह गरेको थियो । नेपाली काँग्रेस स्याङ्जाले वीपी स्मृतिकै दिवसमा फेदिखोलामा रहेको अमोर सेवा नेपाल नामक संस्थाले संचालन गर्दै आएको बालगृहमा समेत सहयोग गरेको थियो । यसैविच ४३ औं विपी स्मृति दिवसमा स्याङ्जाको वालिङमा नेपाली कांग्रेस वालिङ नगर समितिको आयोजनामा विपीचोकमा विचार गोष्ठि आयोजना गरेर मनाइएको छ । विपीको शालिकमा माल्यार्पण गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति एवम् कांग्रेस नेता भोजराज अर्यालले महामानव वीपी कोईरालाको नीति तथा सिद्धान्त अझै पनि ताजै रहेको र देश तथा विदेशमा वीपीको सिद्धान्तहरु कार्यान्वयन भईरहेको बताए । वीपीको मेलमिलाप नीति अन्तराष्ट्रिय स्तरमा समेत कार्यान्वयन भएको भन्दै नेपाली कांगे्रसले विपीको सिद्धान्त भुल्न नहुँने भन्दै विपीले मार्गनिर्देश गरेको बाटोमा नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने बताए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


