एनआरएनको सह-कोषाध्यक्षमा स्याङ्जाका मियाको उमेद्वारी
स्याङ्जा :
बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई अहिले निर्वाचन माहोलले तताइरहेको छ । गैर आवासीय नेपाली संघ मार्फत नेतृत्वमा पुग्न नेपाली—नेपाली बिच निर्वाचन माहोलले तताएको हो । कमाउदै गैर आवासीय नेपाली संघ मार्फत सामाजिक काममा उद्धत रहेका नेपाली युवाहरु निर्वाचनको माध्यमबाट नेतृत्वमा पुग्न अहिले मतदाता आफ्नो पक्षमा पार्न तातिरहेका छन् ।
यस्तै माहोलमा तातिरहेका स्याङ्जा वालिङका युवा नासिर मिया गैर आवसीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकालका लागि क्षेत्रिय सह—कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जापानमा रहेका नेपाली हुन् वा नेपालमा कुनै समस्या पर्दा सेवाभावका साथ सहयोगीको रुपमा जुटेका मियाँ लोप्रिय युवाका रुपमा परिचित छन् । हरेक समस्यामा सारथी बन्दै आएका मिया आगामी कार्यकाल (२०२५—२०२७) का लागि क्षेत्रिय सह—कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले सन् २०२३–२०२५ को कार्यकालमा जापानको गुन्मा क्षेत्रीय समितिको संयोजकको रूपमा सफल नेतृत्व प्रदान गरेका थिए ।
संयोजक पदमा रहँदा मियाले जापानको गुन्मा क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरू सञ्चालन गर्नुका साथै समुदायमा एकता, समन्वय र सहभागितालाई बलियो बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए । विशेषगरी, मियाकै पहलमा सञ्चालन गरिएको सदस्यता विस्तार अभियान अत्यन्त सफल भएको र जसअन्तर्गत सदस्य संख्या पाँच गुणाले वृद्धि भएको मियाका समर्थकहरुको भनाई छ ।
मियाले उम्मेदवारी घोषणा गर्दै गैर आवसीय नेपाली संघ (NRNA) लाई अझै पारदर्शी, उत्तरदायी र क्षेत्रिय समिति अनुकुल बनाउने उदेश्य रहेको बताएका छन् । सह–कोषाध्यक्षको भूमिका वित्तीय उत्तरदायित्वसँगै संस्थामा पारदर्शिता र विश्वास निर्माण गर्ने अवसर हुने मियाले बताए । जापानको गुन्मा क्षेत्रमा मियाको लोकप्रियता, इमान्दार छवि र व्यवस्थापन क्षमताले (NRNA) जापानको आगामी कार्यकालमा सकारात्मक ऊर्जा, पारदर्शिता र समावेशिता थपिने अपेक्षा मियाले गरेका छन् । बिदेशी भुमिका रहेर पनि नेपाल र नेपालीको समस्यामा सदैव आवाज उठाउदै आएका मियालाई गैर आवसीय नेपाली संघको नेतृत्वतह सम्म पु¥याउन सबैले सहयोग गर्न स्याङ्जावासीले आग्रह गरेका छन् ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


