स्याङ्जामा फूटवल लिग हुने ।

प्रकाश डोटेल/स्याङ्जा :
अखिल नेपाल फूटबल संघ (एन्फा) स्याङ्जाको आयोजनामा क्लब स्तरीय फूटवल लिग हुने भएको छ । पुतलीबजार नगरपालिका १३ को स्मृति युवा क्लबको समायोजनमा संघमा आबद्ध जिल्लाका करिब २५ क्लब बीच लिग हुने भएको हो ।
सातुपसलको खेलमैदानमा हुने लिगमा प्रथम हुने क्लब प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट हुनेछ । गण्डकी प्रदेशका ११ जिल्लाबाट छनौट हुने ११ क्लवबाट उत्कृष्ट ४ टिमले केन्द्रीय लिगमा सहभागिता जनाउने छन् ।
अखिल नेपाल फूटबल संघको आर्थिक र प्राविधिक सहयोगमा लिग संचालन हुने एन्फाका जिल्ला अध्यक्ष मुक्त रानाले बताउनु भयो । उहाँका अनुसार साउन १२ बाट शुरु हुने लिग करिब एक हप्ता संचालन हुनेछ । लिग संचालन गर्नका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको रानाले बताउनु भयो ।
विगत लामो समयदेखि अबरुद्ध हुँदै आएको फूटवल लिग एन्फामा नयाँ नेतृत्व आएसँगै शुरु हुन लागेको हो । लिग संचालन हुने भएपछि स्थानीय क्लबमा आबद्ध फूटवल खेलाडीमा उत्साह छाएको एन्फा स्याङ्जाका पूर्व महासचिव प्रकाश रेग्मीले बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


