प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
स्याङ्जा : प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको छ । छ वटा पालिका रहेका प्रतियोगितमा लिग चरणका खेल सकिएसँगै सेमिफाइनमा प्रवेश गर्नेको टुङ्गो लागेको हो ।
लिग खेलमा अपराजित रहेको वालिङलाई सिधा सेटमा गल्याङले २५–१९, २५–१९ र २५–१९ ले पराजित गरको हो । गल्याङको जितसँगै दुबै टिमको समान १२/१२ अङ्क रहेपनि सेट जितको आधारमा गल्याङ पहिलो बनेको हो । पहिलो बनेको गल्याङ चौथोँ भीरकोट सँग फाइनल प्रवेशको लागि भिड्ने छ ।
पालिका स्तरीय पुरुष भलिबलमा समान अङ्क भएपनि सेटको आधारमा दोस्रो बनेको वालिङले तेस्रो स्थानको बिरुवासँग सेमिफाइनमा भेट पक्का गरेको हो । बिरुवाले भीरकोट लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो र चौथो भएका हुन् ।
प्रतियोगिताका विजेता टिमले एक लाख ५५ हजार रुपियाँ र उपविजेताले एक लाख ५ हजार रुपियाँ तथा तेस्रोले ५५ हजार र चौथो हुनेले ३० हजार रुपियाँ सहित मेडल र प्रमाणपत्र पाउनेछ । फागुन २६ गतेबाट शुरु भएको खेलकुद चैत ३ गते समापन हुनेछ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


