नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
स्याङ्जा :
नेपालको पहलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा ७७ लाख ६७ हजार ८७४ रुपियाँ भेटी सङ्कलन भएको छ ।
अर्जुनचौपारी गाउँपालिका –१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा धार्मिक महोत्सव गरिएको थियो । १४४ बर्षमा परेको महाकुम्भको समयमा गत फागुन ६ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको धार्मिक महोत्सवमा सहयोग रसिदबाट ५० लाख चार हजार १२९ रुपियाँ, बैंक क्युआरबाट नौ लाख पाँच हजार ३०५ रुपियाँ सङकलन भएको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै, दानपेटिकाबाट १६ लाख २६ हजार ६६५ रुपियाँ तथा चामल, धान, आलू, आँटा खाद्य सामग्री बिक्रीबाट दुई लाख ३१ हजार ७७५ रुपियाँ सङकलन भएको छ । भक्तजनले चढाएको भेटीमा ४२८ केजी एक दुई डलर रहेको थियो ।
धार्मिक महोत्सवमा एक लाख २५ हजारभन्दा बढी भक्तजनले पूजाआजा तथा दर्शन गरेका थिए भने महोत्सवमा एक करोड २५ लाख दीप प्रज्ज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवा लाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालीन महाआरती तथा भजनकृतन गरिएको थियो ।

१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । यस मन्दिरमा रहने पिल्लरको सबैभन्दामाथि आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ ।
पिल्लरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएको छ भने पिल्लरको नौवटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ ।
नवग्रह मन्दिरसङ्गै षट्कोण शिवालय बनाइएको छ भने यसको बिचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग (सात क्विन्टल) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ । File-Pic, News- Gorkhapatra online
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


