स्याङ्जामा रेबिज लागेका मरेकाे जनावर किनबेच गर्ने दुई जना पक्राउ
वालिङ :
रेविज लागेका मरेकाे जनावरहरू किनबेच गर्ने दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
वालिङ नगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रबहादुर के.सी.ले आफ्नै घरमा पालेका घर पालुवा जनावरहरूमा सङ्क्रामक रोग रेविजको लक्षण देखिएपछि बेचेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, उक्त जनावरहरू खरिद गर्ने वालिङ नगरपालिका–८ का ५० वर्षीय शंसुदिन मियाँलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकरी दिनुभयो ।
मियाँले रेविज लागेका बस्तुहरु खरिद गरी मासुका लागि बजारतर्फ बेच्न लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
केसीले पालेका जनावरहरू एक भैँसी, भैँसीको पाडा एक, बाख्रा एक र बाख्राको पाठीमा रेविजको लक्षण देखिएको भन्दै बालिङ नगरपालिकाका पशु प्राविधिकहरूले केसीलगायतका छिमेकीलाई सचेत रहन आग्रह गरेका थिए । प्रहरीका अनुसार केसीले अब जनावरहरू मर्न लागे भनेर मियाँलाई बोलाएर बिक्री गरेको स्थानीयको आरोप छ ।
गएको सोमबार मियाँले जनावरहरू खरिद गरी ग. २ च. २७६० नम्बरको सवारी साधनमा राखी वालिङ बजार हुँदै भीरकोट नगरपालिका बयरघारीतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी पौडेलले बताउनु भयो । विशेष सूचनाका आधारमा जनावरसहित मियाँलाई पक्राउ गरिएको उहाँको भनाइ छ।
वालिङ नगरपालिका–१ स्थित सिद्धार्थ राजमार्गमा प्रहरीले जनावरहरू बोकेको सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । खानतलासी गर्ने क्रममा सवारी साधनभित्र मरेकाे भैँसी एक,भैँसीको पाडो एक, बाख्रा एक र बाख्राको पाठी भेटिएको प्रहरीको भनाइ छ ।
मरेकाे भैँसीको वालिङ नगरपालिकाबाट पशु प्राविधिक टोलीमार्फत किटद्वार परीक्षण गर्दा सङ्क्रामक रोग रेविजको लक्षण देखिएको पुष्टि हुन पुगेको सूचना अधिकारी पौडेलले बताउनु भयो ।
पक्राउ परेको दुबैजनालाई स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मरेकाे भैँसीलाई व्यवस्थितरूपमा पुरिएको र अन्य जनावरलाई केसीको घरमा नै पठाइएको छ । gorkhapatra online
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


