पुतलीबजारमा मौरी पालन सम्बन्धी तालिम सम्पन्न
स्याङ्जा :
हिलालाई उद्यमी बनाउनेगरि उद्यम बिकास सम्बन्धी प्राबिधिक सीप विकास तालिम दिने उदेश्यले आयोजित मौरी पालन तालिम सकिएको छ ।
पुतलीबजार नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम मेडपा अन्र्तगत ५ दिने मौरी पालन तालिम सम्पन्न भएको छ । तालिमको समापन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले तालिमले उद्यम र ब्यवसाय सिकाएको बताउनुभयो । सहभागीलाई मौरी पालन गरेर महको उत्पादन बढाउन समेत सुझाव दिनुभयो ।
तालिमका सहभागी सबैलाई एक ÷एक मौरी सहितको घार उपलब्ध गराउनेगरि तयारीमा जुटेको उहाले भन्नुभयो । तालिमलाई तालिममा मात्र सिमित नराख्न समेत उहाले जोड दिनुभयो ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख धनप्रसाद कोइराला र रोजगार शाखा प्रमुख लक्ष्मी पौडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यसैगरी, तालिमका सहभागी मध्ये नगर स्तरीय महिला संजालका संयोजक सीता गोदार, उपसंयोजक लक्ष्मी थापा लगायतले तालिमले मौरी पालन सम्बन्धी सीप सिकाएको र आउदा दिनमा सीपको सही सदुपयोग गर्ने बताउनुभयो ।
तालिममा पुतलीबजार नगरपालिकाका १४ वटा वडाका महिला संजालका अध्यक्ष सहित एक सदस्यगरि २८ जनाको सहभागिता थिए । तालिममा इश्वरीप्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


