‘चन्द्रबहादुर सेन मसाने’ लोकार्पण
वालिङ :
आँधीखोले लोकगीतका अभिनायक ‘चन्द्रबहादुर सेन मसाने’ को लोकार्पण गरिएको छ । अग्रज साहित्यकार देवीप्रसाद वनवासीले लेख्नुभएको कृति मसानेको वालिङमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।
साहित्यकार वनवासीले आफ्नो ८५ औं वर्ष प्रवेशको अवसर पारेर पुस्तक सार्वजनिक गर्नुभएको हो । स्याङ्जामा साहित्यिक पुनर्जागरण ‘वैकल्पिक बाटो पृथक् पाइला’ को छटौं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको कार्यक्रममा कृतिको लोकार्पण गर्दै लेखक वनवासीले ओझेलमा परेको गायक मसानेको क्षमतालाई उजागर गरेको बताउनुभयो ।
पुस्तकमा चन्द्रबहादुर सेन मसानेका सन्दर्भमा २००७ सालअघि ख्याति कमाउनुभएको, दोहोरीगीतमा जितेर भुरे राजा गुप्तबहादुर खाँणबाट पाँच सय रुपियाँ बक्सिस पाएको इतिहास समेटिएको छ । यस्तै तत्कालीन राजा महेन्द्रबाट २०१५ र २०१८ सालमा आँधीखोले लोकगीत गाएर दुई पटक स्वर्ण पदक प्राप्त गरेको विषय समेटिएको छ । मसानेको ऐतिहासिक उपलब्धि र योगदानसहित विभिन्न आलेखहरु पुस्तकमा पाइन्छन् । पुस्तकमा आलेख खण्ड, अन्तर्वार्ता खण्ड, परिशिष्ट खण्ड र दस्तावेज खण्ड गरी ४ खण्डमा साहित्यिक सिर्जनाहरु समेटिएका छन् ।
कृतिको बारेमा वसन्त खनालद्वारा समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे भने देवीप्रसाद वनवासीको समग्र जीवनी, व्यक्तित्व र कृतित्वको बारेमा लक्ष्मीप्रसाद रेग्मीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको बारेमा चर्चा गरिएको ‘वैकल्पिक बाटो पृथक् पाइला’ साहित्यिक अभियानका संस्थापक संयोजक मिलन समीरले जानकारी दिनुभयो । कार्यक्रममा सहभागिहरुले आ—आफ्ना गीत,कविता गजललगायतका सिर्जना वाचन गरेका थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


