राप्रपा सभापति गैह्रेको निधन
वालिङ :
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर गैह्रेको निधन भएको छ । स्याङ्जा क्षेत्र नं. २ (क) का सभापति समेत रहनु भएका नेता गैह्रेको ६२ बर्षको उमेरमा मङ्गलबार राति निधन भएको उहाँका दाजु जगदिशप्रसाद गैह्रेले जानकारी दिनुभयो ।
गैह्रे २०५४ सालको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसको तर्फबाट तत्कालीन तिन्दोबाटे गाविसको उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । यस्तै, गत प्रदेश सभा सदस्य निर्वाचनमा राप्रपाको तर्फबाट स्याङ्जा क्षेत्र नं. २ (क) को उम्मेद्वार समेत रहनु भएको थियो ।
विभिन्न विद्यालय तथा सामाजिक संघ संस्थाको नेतृत्व समेत गर्नु भएका गैह्रे उच्च रक्तचाप उपचारका क्रममा हुनुहुन्थ्यो । उपचारपछि गैह्रेलाई मङ्गलबार मात्र वालिङ नगरपालिका –१० आम्बोट–मोहोरियामास्थित घरमा ल्याइएको परिवारले जनाएको छ ।
गैह्रेको बुधबार राम्दीस्थित कालीगण्डकी तटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । सो अवसरमा राप्रपाको तर्फबाट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । स्वर्गीय गैह्रेका श्रीमती, चार छोरी र एक छोरा छन् ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


