वालिङमा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु
वालिङ :
स्याङ्जाको वालिङमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङ खेलमैदानमा स्याङ्जा आईसीसी प्रथम भलिबल कप २०८१ को आज शुक्रबार उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा सामाजिक विकास समितिका सभापति भोजराज अर्यालले यस्ता प्रतियोगिताहरुले खेल प्रतिभा प्रष्फुटन गराउनका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलाडीहरुको खेल क्षमताको प्रदर्शनसँगै अन्य खेलका गतिविधिहरुलाईसमेत अगाडि बढ्न महत्वपूर्ण भूुमिका खेल्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारी, पूर्व सांसद मोहनप्रसाद रेग्मी, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी,गाउँपालिका महासंघका महासचिव तथा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लिग सिस्टममा खेलाइने प्रतियोगितामा जिल्लाका एघार वटै पालिकाको सहभागिता रहेको छ । सम्बन्धित पालिकाको सिफारिसमा आएका खेलाडीहरुलाई प्रतियोगितामा समावेश गरिएकोे हो ।
प्रतियोगितामा प्रथम हुने पालिकाले रु. एक लाख ५० हजार, द्वितीय हुने पालिकाले रु. एक लाख, तृतीय हुने पालिकाले रु. ७५ हजार र सान्त्वना हुने पालिकाले रु. २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भलिबल खेल संयोजक हिमलाल डुम्रेले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट सेटर, डिफेन्डर, सर्भिस, ब्लकर, स्पाईकरलाई जनही ५÷५ हजार पुरस्कार दिने प्रतियोगिताको सहयोगी संस्था वालिङ भलिबल क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताउनुभयो । प्रतियोगितामा अनुमानित आम्दानी कूल १५ लाख ८५ हजार रहेको छ भने सोही बराबर खर्च हुने आयोजकको अनुमान छ ।
यसैबीच स्याङ्जाको वालिङ खेल मैदानमा शुक्रबारबाट सुरु भएको पहिलो खेलमा पुतबलीबजारले वालिङ नगरपालिकालाई २–१ ले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा विरुवा गाउँपालिकाले अर्जुनचौपारी गाउँपालिकालाई २–० ले पराजित गरेको हो । यसैगरी तेस्रो खेलमा चापाकोट नगरपालिकाले हरिनास गाउँपालिकालाई २–० ले पराजित गरेको हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


