हुलाक दिवसको अवसरमा सम्पादक डुम्रे सहित आठ जना सम्मानित ।
स्याङ्जा :
१५० औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय स्याङ्जाले आँधीखोला खवर डटकमका प्रधान सम्मादक राधाकृष्ण डुम्रे सहित आठ जनालाई सम्मान गरेको छ ।
हुलाकले आँधीखोला खवरका समदक तथा गोरखापत्रकर्मी डुम्रेलाई (पत्रपत्रिका) र रेडियो आँधीखोलाका स्टेसन प्रबन्धक तोलाकान्त बगालेलाई (रेडियोकर्मी) विधामा सम्मान गरेको हो ।
पत्रकारलाई सूचना र सञ्चारको क्षेत्रमा हुलाकलाई सहयोग गरेको भन्दै सम्मान गरेको हो । यस्तै, पत्र वितरक डिलबहादुर गुरुङ, हल्करा दिवाकर न्यौपाने, प्रभाकर शर्मा, सूर्यप्रसाद अर्याल, गीता पाण्डे, केबुल नेटवर्कका लालप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।
सम्मानित सबैलाई प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्मान गर्नुभयो । कार्यक्रममा प्रजिअ नेपालले सबै हुलाक कार्यालय समयअनुसार गतिशील हुनुपर्ने बताउनुभयो । विगतमा मिडिया, इन्टरनेट नहुँदा हुलाक महत्त्वपूर्ण भएको बताउँदै नेपालले क्षेत्र परिवर्तन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका उपाध्यक्ष भवानी अधिकारी, पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका स्टेसन प्रबन्धक रमेश गोदारलगायतले मन्तव्य राख्नु भएको थियो । हुलाक कार्यालय स्याङ्जाले १८ लाख ४४ हजार ८५४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले बताउनुभयो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


