पत्रकार महासंघ,स्याङ्जाका सचिव काफ्लेलाई प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार ।
काठमाडौं :
नेपाल पत्रकार महासंघ,स्याङ्जा शाखा सचीव प्रतिक्षा काफ्लेलाई प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार प्रदान गरिएको छ ।
प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिक उत्सवका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित भव्य कार्यक्रमकाबिच काफ्लेलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको हो । स्याङ्जाको वालिङ-१, निवासी काफ्ले डेढ दशकदेखि पत्रकारिता पेसामा क्रियाशील हुनुहुन्छ । आँधीखोला एक्सप्रेसमा २०६७ सालदेखि पत्रकारिता सुरु गर्नुभएकी काफ्लेसँग अनलाइन खबर, रातोपाटी, एबिसी टेलिभिजन, काठमाडौँ पोस्ट, बुटवल दैनिक लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । काफ्ले एक दशक देखि भने कान्तिपुर पत्रिकामा सक्रिय हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


