कमल पंगेनीको छैठौं स्मृतिमा स्याङ्जामा रक्तदान
स्याङ्जा : नेपाली काङ्ग्रेस स्याङ्जाका तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृतिमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा भएको उक्त रक्तदानमा नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङ,नेपाली काङ्ग्रेस जिल्ला पार्टी सभापति सांसद राजु थापा,गण्डकी प्रदेश सांसद भोजराज अर्याल र कल्पना तिवारी,पुतलीबजार नगर प्रमुख तुल्सिराम रेग्मी भिरकोट नगरपालिका नगर प्रमुख गोबिन्द कर्माचार्य चापाकोट नगरपालिका नगर प्रमुख देव बहादुर खाण लगायत पार्टीका पदाधिकारी एवम् शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो । पार्टी सभापति सांसद राजु थापाले रक्तदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


