ब्युटिपार्लर एसोसिएसन स्याङ्जाको अध्यक्षमा गुरुङ
वालिङ :
ब्युटिपार्लर एसोसिएसन स्याङ्जाको अध्यक्षमा पमिला गुरुङ निर्वाचित हुनु भएको छ । नवगठित समितिको उपाध्यक्षमा माया गोर्खाली,सचिवमा नविना गुरुङ,सहसचिव रिमा थापा,कोषाध्यक्ष अरुणा थापा,सह कोषाध्यक्षमा लक्ष्मी शर्मा रहनु भएको छ ।
सदस्यहरुमा मन्जु भण्डारी,सजना श्रेष्ठ,गंगा बस्याल,संगिता एस्के,मिना रोका केसी,अन्जु शर्मा रेग्मी,रेखा पोख्रेल,अन्सु क्षेत्री,सलिमा मिया, रितु अर्याल क्षेत्री रहनु भएको एसोसिएसन स्याङ्जाका निवर्तमान् अध्यक्ष पुष्पा अर्याल रानाभाटले जानकारी दिनुभयो ।
ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेश, ब्युटि पार्लर एसोसिएसन स्याङ्जा, ब्युटिपार्लर एसोसिएसन कास्की, र ब्युटिपार्लर एसोसिएसन लेखनाथ एकाइको संयुक्त आयोजनामा पोखरामा भएको पदस्थापन कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिनु भएको हो । एसोसिएसन गण्डकी प्रदेश समतिको निर्वाचन समितिका संयोजक तथा कानुनी सल्लाहकार अधिवक्ता गिता आचार्यले चार वटै समितिका सदस्यहरुलाई सपथ खुवाउन भएको हो ।
ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेश समितिको अध्यक्षमा बबिता केसी कार्की , कास्कीको अध्यक्षमा छायाँ ढकाल,लेखनाथ ईकाईको अध्यक्षमा सोमा शर्मा निर्वाचित हुनु भएको छ । गण्डकी प्रदेश सदस्यमा स्याङ्जाबाट लिसु अधिकारी र पुष्पा अर्याल निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका महिला अध्यक्ष तथा ब्युटिपार्लर एसोसिएसन नेपालका संस्थापक एबं संरक्षक,बरिष्ट ब्युटिसियन चिनु गुरुङले नवनिर्वाचित समितिहरुलाई बधाई तथा शुभकामना दिनु भयो । कार्यक्रममा गुरुङले नयाँ जोस र जाँगरका साथ संस्थालाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । संस्थामा भएको कमी कमजोरीलाई सुधार गर्दै सामुहिक हितका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ब्युटिसियनहरु भेला भएका थिए ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


