विद्युत् अवरुद्ध हुँदा स्याङजा र पाल्पाका करिब ४० हजार सेवाग्राही मर्कामा ।
काठमाण्डौ:
विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । अविरल वर्षासँगै स्याङजाको आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । स्याङ्जाको गल्याङ बुटवल पावर कम्पनी (बिपिसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि हिजोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको हो ।
आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिट्टी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत् केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताउनुभयो । पानीको सतह बढिरहेकाले तत्काल पोखरी सफा गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
आँधीखोलाबाट उत्पादन भएको नौ दशमलव चार मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी, पाल्पाको पूर्वी रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाका केही ठाउँ र पर्वतमासमेत विद्युत् अवरुद्ध छ । स्याङ्जाको वालिङ–६ मिर्दी बजार नजिकै वितरण लाइनको पोल बाढीले ढलाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


