कालिगण्डकीमा ५ दिने पत्रकारिता तालिम ।

आँधीखोला खवर/कालिगण्डकी :
कालिगण्डकी गाउँपालिकाले ५ दिने पत्रकारिता तालिम सम्पन्न गरेको छ । ७ वटा वडामा रहेका २१ जना प्रशिक्षार्थी उक्त तालिममा सहभागी भएका थिए ।
तालिमको शनिबार समापन गर्दै गाउँपालिका प्रमुख खिम बहादुर थापाले संचार माध्यमको उच्च प्रयोग गर्दै गाउँ गाउँमा लुकेका बिषय बस्तु उजागर गर्न सहभागिलाई आग्रह गर्नुभयो । थापाले भन्नुभयो , ‘संचार क्षेत्रमा कालिगण्डकी पछि परेको छ , तालिम पश्चात संचारकर्मीको उत्पादन हुनेछन् । ’ यहाँ भएका कार्यक्रम , घटना , सुचना , धार्मिक र पर्यटकिय श्रेत्रको उजागर संचारकर्मीले गर्न सके पर्यटकको घुँईचो कालिगण्डकीमा लाग्ने थापाले बताउनु भयो ।
सबै वडामा सुचना प्रकाशित गरेर प्रत्येक वडा बाट ३ जना लाई छनौट गरि तालिममा सहभागि गराईएको वडा नं ७ का वडा अध्यक्ष मुक्ती प्रशाद भट्टराईले बताउनु भयो ।
पत्रकारिताको आधारभुत मान्यता , समाचार लेखन , रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन र उद्घोषण सम्बन्धी प्रशिक्षण गराईएको प्रशिक्षक एबं नेपाल पत्रकार महासंघ का सचिब सुशिल सुबेदीले बताउनु भयो ।
प्रशिक्षार्थी बिनोद भट्टराईले संचालन गरेको कार्यक्रममा वडा अध्यक्ष मुक्ती प्रशाद भट्टराईले अध्यक्षता गर्नु भएको थियो । सहभागीको तर्फ बाट कमला न्यौपानेले तालिमको अनुभब प्रस्तुत गर्नु भयो । ५ दिने तालिममा संचारकर्मी सुशील सुबेदी , मोहन गुरुङ र टिकाराम अधिकारीले सहजिकरण गरेका थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


