बिरुवा गाउँपालिकाको झण्डै साढे ४९ करोड बजेट सार्वजनिक
स्याङ्जा :
स्याङ्जाको बिरुवा गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि गाउँपालिकाको १५ औं नगर सभामा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले ४९ करोड ४६ लाख ४७ हजारको बजेट सार्वजनिक गर्नुभएको हो ।
जसमध्ये नेपाल सरकारबाट वित्तीय समानिकण अनुदान तर्फ ८ करोड ६३ लाख, नेपाल सरकारबाट शसर्त अनुदान तर्फ २२ करोड ८६ लाख ९१ हजार र संघीय राजश्व बाँडफाँटतर्फ ७ करोड ८८ लाख अनुमान गरिएको छ । यस्तै प्रदेश वित्तीय समानीकरण अनुदान तर्फ १ करोड ६ लाख ६९ हजार, प्रदेश सरकार राजश्व बाँडफाँट तर्फ ४५ लाख ८७ हजार, प्रदेश समपूरक अनुदान तर्फ रु. ७० लाख र प्रदेश विशेष अनुदान रु. ३० लाख रहेको छ । संघीय विशेष अनुदान तर्फ रु.२ करोड ६० लाख र संघीय समपूरक तर्फ रु. ७५ लाख र यस आवमा बचत रु.३ करोड ११ लाख र आन्तरिक आयश्रोत तर्फ रु. १ करोड १० लाख रकम प्राप्त हुने नयाँ बजेटमा अनुमान गरिएको छ ।
यसैगरी आगामी आवका लागि चालुतर्फ रु. ३३ करोड २७ लाख ३३ हजार प्रस्ताव गरिएको छ ।
त्यस्तै पुँजिगततर्फ १६ करोड १९ लाख २४ हजार रकम विनियोजन गरिएको छ । यस अन्तर्गत आर्थिक विकास क्षेत्रमा १२.१५ प्रतिशत,सामाजिक विकासमा २६.८५ प्रतिशत, भौतिक पूर्वाधारमा ४५.७९ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा ८.६५ प्रतिशत र संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा ६.५६ प्रतिशत रहेको छ । यसैगरी लागत साझेदारी आयोजना सम्पन्न गर्नका लागि छुट्टै समपूरक कोषमा रु. १ करोड ४४ लाख प्रस्ताव गरिएको छ ।
सडक तथा भवन पूर्वाधार,कृषि तथा पशुपंछी विकास, पर्यटन, शिक्षा,भाषा तथा संस्कृति संरक्षण एवम् प्रवद्र्धन, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक सम्मान, युवा तथा खेलकुद, श्रम रोजगार, संस्थागत सुशासन र सेवा प्रवाह, विपद व्यवस्थापनलगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
जीवनस्तरमा गुणात्मक सुधार गर्ने नयाँ बजेटको उद्देश्य रहेको छ । यसैगरी गाउँपालिकाका उपलव्ध सीमित श्रोत, साधन, जनशक्ति तथा क्षमताको अधिकतम सदुपयोग गर्दै सामाजिक न्यायसहितको समतामूलक समाजको निर्माण गर्ने एवम् आधारभूत भौतिक, सामाजिक तथा आर्थिक पूर्वाधार विकास गरी “समृद्ध बिरुवा, सुखी बिरुवावासी” को लक्ष्य हाँसिल गर्नेलगायत नयाँ बजेटको उद्देश्यमा समेटिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएसँगै बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई कार्यक्रममा अवसरमा सम्मान एवम् प्रशंसा पत्र प्रदान गरिएको छ । गण्डकी प्रदेश ठेलो ( सर्टपुट ) खेलाडी ६ नम्वर वडाका दुकिज थापा मगरलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको छ । यसैगरी पालिकामा कार्यरत कर्मचारीलाई पनि उत्कृष्ट सेवा गरेवापत प्रशंसा पत्र प्रदान गरिएको हो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


