ट्याङ्कर चालक सङ्घ र सरकारबीच सहमति, आजैदेखि इन्धन आपूर्ति शुरु हुने ।
काठमाण्डौ:
आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र सरकारबीच चार बुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि पेट्रोलियम पदार्थको ढुवानी नियमित गर्ने सहमति भएको हो । सहमतिपत्रमा सङ्घका अध्यक्ष ईश्वर लामा र नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले हस्ताक्षर गर्नुभएको छ ।
सङ्घले राखेको सात बुँदे मागको सम्बोधन गर्न निगमका नायब कार्यकारी निर्देशकको नेतृत्वमा समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस्तै निगमले व्यवसायीलाई दिँदै आए बमोजिमको पारिश्रमिक र सुविधा चालक, सहचालक र मजदुरलाई उपलब्ध गराउने सहमति भएको छ ।
यससँगै सङ्घले आजैदेखि आन्दोलन फिर्ता लिएर पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमति बनेको हो । थानकोट डिपोबाट निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति शुरु भइसकेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।
ढुवानी रोकिँदा आज काठमाण्डौ उपत्यकाका निजी पम्पहरू बन्द थिए भने सरकारी निकायका पम्पहरूमा पेट्रोल भर्नेको लामो लाइन थियो । चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत सत बुँदे माग राखेर आइतवारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


