स्याङ्जा प्रशासनले दियो अस्पतालको बेडमै पुगेर युवालाई नागरिकता ।
स्याङ्जा :
बिरुवा गाउँपालिका ५ का बिमल शर्माले अस्पतालको शैयाबाटै नागरिकता पाउनु भएकाे छ । १९ बर्षिय शर्मा गाई भैसीलाई घाँस काट्न रुखमा चढेका बेला खसेर घाइते हुनु भएकाे हाे । उहाँको मेरुदण्ड भाँच्चिएपछि उपचारार्थ रहेका शर्मालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अस्पतालको बेडमै नागरिकता प्रदान गरिदिएको छ । नेपाल सरकारले मेरुदण्ड सम्वन्धी समस्या भएका बिरामीलाई सुविधा दिने व्यवस्था गरेको छ । तर उक्त सुविधा लिन नागरिकता आवश्यक पर्ने भएपछि परिवारहरुको अनुरोधमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अस्पतालमै पुगेर नागरिकता उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयाे ।
जेठ ८ गते गाई भैसीलाई घाँस काट्नेक्रममा रुखबाट लडेर घाइते भएका शर्माको उपचार पोखरा स्थित मणिपाल अस्पतालमा भइरहेको छ । अस्पतालको सिफारिका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रशासकीय अधिकृत संयोग भट्टराई र नायव सुब्बा रामप्रसाद पौडेललाई खटाएर नागरिकता उपलब्ध गराएको सहायक प्रजिअ पौडेलले बताउनु भयाे । शर्मालाई अस्पतालको बेडमै सनाखत र आमालाई साक्षीमा सनाखत गराएर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत संयोग भट्टराईले जानकारी दिएनुभयाे। शर्माका बुवा बिष्णुप्रसाद शर्मा बिरामी भएका कारण उपचारका लागि चितवनमा रहेका छन् । नागरिकता प्रदान गर्दा शर्माका बुवा उपलब्ध नभएपछि आमालाई साक्षी राखेर नागरिकता दिलाइएको प्रशासकीय अधिकृत भट्टराईले बताउनु भयाे ।
कुनैपनि नागरिक नागरिकताबाट बन्चित हुनुहुदैन उहाँले भन्नुभयाे,‘प्रशासन सम्म आईपुग्न नागरिकको समस्या छ भने बुझेर सम्वन्धित ठाउँमै पुगेर पनि नागरिकता विरतरण गर्दछौं ।’ यो नागरिकको नैसङ्गिक अधिकार हो उहाँले भन्नुभयाे। मेरुदण्ड भाच्चिएर शर्मा दुवै खुट्टा नचल्ने अवस्थामा रहेका र उहाँले नागरिकता पाएपछि सरकारको सुविधा मिल्ने भएकाले हामी पोखरामै पुगेर उहाँलाई नागरिकता दिलाएको उहाँले बताउनु भयाे । बिमलकी आमा याममायाले प्रशासनले हाम्रो परिवारलाई ठुलो गुन लगाएको बताउनु भयाे । अस्पतालमै आएर छोरालाई नागरिकता दिलाईदिनु भएकाले धन्यवदा दिनुभयाे । आर्थिक अवस्था कमजोर र सरकारले दिने सुविधा नागरिकता पाएपछि पाइने आशाले राहात महशुस गरेको बताउनु भयाे ।
नागरिकता जस्तो संवेदनशील परिचयपत्र वितरण गर्न जिल्ला प्रशासनले खेलेको जोखिम नागरिकका लागि निकै प्रंशसनीय रहेको स्थानीयले बताएका छन् । जसले प्रशासन नागरिकमैत्री छ भन्ने सन्देश दिएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


