स्याङ्जाका कालीगण्डकी र आँधीखोला बने उत्कृष्ट पालिका ।
वालिङ,जेठ १५ गते ।
स्याङ्जाको कालीगण्डकी र आँधीखोला गाउँपालिका जिल्ला मै उत्कष्ट हुन सफल भएकाछन् । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार स्याङ्जाका दुई पालिका कम बेरुजु हुनेमा परेका हुन् ।
गण्डकी प्रदेशमा रहेका ८५ पालिका मध्ये कालीगण्डकी दोस्रोमा परेको छ भने आँधीखोला चौथोमा परेको छ । कालीगण्डकीको बेरुजु ०.१० प्रतिशत रहेको छ भने आँधीखोलाको बेरुजु ०.१५ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशको सबैभन्दा कम बेरुजु हुनेको सूची मुस्ताङको लोमन्थाङ गाउँपालिका परेको छ । जसको बेरुजु प्रतिशत ०.०१ प्रतिशत मात्रै रहेको छ ।
त्यसैगरी तेस्रो र पाँचौमा क्रमशः पर्वतको महाशिला गाउँपालिका र लमजुङको मस्र्याङ्दी गाउँपालिका पर्न सफल भएका छन् । पर्वतको महाशिला गाउँपालिकाको वेरुजु ०.१२ प्रतिशत र लमजुङको मस्र्याङ्दी गाउँपालिकाको वेरुजु ०.१८ प्रतिशत रहेको छ । गण्डकी प्रदेशका पालिकाहरुको औसल वेरुजु २.४७ प्रतिशत रहेको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनअनुसार कालीगण्डकी गाउँपालिकाको बेरुजु एक दशमलव ७८ प्रतिशत रहेको थियो यस्तै आँधीखोला गाउँपालिकाको एक दशमलव ८२ रहेको थियो । दुबै पालिकाले बेरुज घटाउन उल्लेख्य रुपमा काम गरेको प्रतिवेदनले देखाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


