लागूऔषधसहित दुई युवक पक्राउ
स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जीलाई नियन्त्रणमा लिएको हो ।
क्षेत्री र दर्जीलाई शङ्कास्पद अवस्थामा भेटेपछि प्रहरीले चेकजाँच गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले उनीहरूको साथबाट नुर्फिन १४ एम्पुल, फेनरागन १२ एम्पुल, डाईजेपाम १३ एम्पुल गरी ३९ एम्पुल लागूऔषध बरामद गरेको बताउनुभयो ।
युवकलाई शुक्रबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


