गल्याङमा राजयोग मेडिटेशन प्रशिक्षण

गल्याङ :
ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय नेपालका निर्देशक राजयोग बह्माकुमारी परनीताले आत्मीक शक्ति प्राप्त गर्ने विधि मानिसले अपनाउनु पर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो,“ हामीले यस्तो बिधि अपनाउन सकेनाै‌, त्यसैले मान्छे आज दुःखी छ असान्त छ आफ्नो आत्मलाई चिन्न आवश्यक छ आज मानिस यति व्यस्त छ ।” आफ्नो स्वास्थ्य खानपानमा समेत समय दिन उहाँको सुझाव छ ।
शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजना र ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा गल्याङको समन्वयमा पाँच दिवसीय मानसिक शान्ति,पारिवारिक खुशी र सामाजिक समृद्वताका लागि राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
सकरात्मक सोचले सबै कुरा सकरात्मक हुने भएकाले सबै सकरात्मक बन्नु पर्नेमा परनीताको जोड छ । उहाँले भन्नु भयो, “आत्मलाई शुद्व राख्नु पर्ने र सकरात्मक सोचले मानिस खुशी हुने र नकरात्मक सोचले मानिस दुःखी हुन्छ, खुशी अन्तरआत्मबाट प्राप्त हुन्छ ।”
हरेक मानिसलाई राजयोग र मेडिटेशनले मात्रै मानिसलाई आत्मीक शक्तिलाई चलायमान बनाउनका लागि आफूलाई चार्ज गर्नु पर्ने उहाँको भनाई छ । त्यो गर्न सकिएन भने र आत्मलाई जान्न सकिएन भने मान्छे दुःख पीडा र कुण्ठामा बाँच्नु पर्ने भन्दै परनीताले आत्म विश्वासका साथ अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।


कार्यक्रममा नेपाली काँग्रेस गल्याङ नगर सभापति एवम् गरिमा विकास बैंक केन्द्रिय अध्यक्ष श्याम प्रसाद बस्याल, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्र देब खनाल, नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटी अध्यक्ष चित्र बहादुर थापा मगर, ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय नेपालका राजयोग बह्रमाकुमारी महासचिव शैलेश राज बराल, गल्याङ नगरपालिका वडा नं.४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पाँच दिन सम्म सञ्चालन हुने तालिममा गल्याङ नगरपालिका नगर कार्यपालिका सदस्यहरु, कर्मचारी,विभिन्न आमा समूह,क्लव तथा शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको तालिममा बरिष्ठ राजयोग प्रशिक्षक बह्रमाकुमार राजु घलेले गर्नु हुने छ । प्रशिक्षण विहान ७ः०० बजे देखि १०ः०० सम्म पहिलो चरण,११ः०० देखि १ः०० सम्म दोस्रो चरण र ३ ः०० देखि ५ः०० सम्म तेस्रो चरण गरेर योग सञ्चालन गरिने बह्रमाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा गल्याङका प्रमुख शोभा बरालले जानकारी दिनु भयो ।
गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य गल्याङ नगर शिक्षा समिति सदस्य द्रबेन्द्रदेब खनालले र कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख हिमाल भण्डारीले गर्नु भएको थियो ।

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP