गरिमा विकास बैंकको सिइओमा स्याङ्जाका आचार्य
स्याङ्जाको वालिङमा स्थापना गरी राष्ट्रिय स्तरको विकास बैंक बनेको गरिमाले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका छन् ।
कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । उनी अहिले कम्पनी सचिवका रुपमा बैंकमा आवद्ध रहेका थिए । झण्डै १४ बर्षदेखी बैंकको कम्पनी सचिवमा रहेर काम गरेका आचार्य बैंकिङ् क्षेत्रमा निकै दखल राख्ने व्याक्तिका रुपमा परिचित छन् । स्याङ्जाको वालिङ ९ भुम्रेमा जन्मेका आचार्य बैंकको स्थापनाकाल देखी नै निरन्तर काम गर्दै आएका व्यक्ति हुन् । निकै मिजाशिला र सरल स्वभावका आचार्य सामाजिक काममा निकै सक्रियता देखाउनेमा पर्छन् । उनको यिनै लगाव र विश्वासले गरिमा विकास बैंकको कार्यकारी पदमा पुग्न सफल भएको आचार्यलाई चिन्ने साथीहरुको भनाई छ ।
बैंकको सिइओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् । उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ । बैंककमा सिइओको कार्यकाल सकिन १५ दिन अगावै नयाँ सिइओ नियुक्त गर्नुपर्ने प्रावधान अनुसार आचार्य ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । यसैगरी कम्पनी सचिवमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई नियुक्त गरिएको पनि बैंकले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


