विवादका कारण विरुवा गाँउपालिकाको प्रशासनिक काम तिनघण्टा रोकियो ।

श्रीकृष्ण सिग्देल /स्याङ्जा :
विरुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृतले मंगलवार ३ घण्टा प्रशासकीय काम रोक्नु भएको छ । प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यलाई गाँउपालिकाकै कर्मचारी राजन पोख्रेलले दवावमा फाईलको काम गर्न धम्काएपछि प्रशासनिक काम रोक्नु भएको हो । पोख्रेल गाँउपालिका प्रमुख चुनप्रसाद शर्माका छोरा हुन् । शर्माका छोरा पोख्रेललाई कम्प्युटरमा काम गर्नेगरी एक बर्ष अगाडि देखि जागिरमा लगाईएको थियो । पटक पटक पोख्रेलले पक्रिया नपुर्याई विकासका फाईल ल्याएर दवाव दिदै काम गर्दै आएको बताइएको छ । मंगलवार पनि उस्तै प्रकृतिको फाईल माथि काम गर्न दवाव दिएपछि आचार्यले कार्यकक्षको कुर्चि छाडेर बाहिरीएका थिए ।
आर्थिक बर्ष सकिदै गर्दा कार्यालयमा उपभोक्ताको विकास बजेट फर्छौट गर्ने घुईचो लागेका बेला प्रमुख प्रशासकीय अधिकृतले काम रोकेपछि समस्या उत्पन्न भएको थियो । आचार्य कार्यालय छाडेर बस्ने क्वाटरमा गएपछि उपभोक्ताको काममा समेत अवरुद्ध भएको थियो । प्रमुख प्रशासकीय अधिकृत आचार्यले अनाधिकृत फाईल माथि काम गर्न दवाव दिएकाले काम रोक्न बाध्य भएको बताएका छन् । पछि गाँउपालिका अध्यक्ष शर्माले आचार्य सगँ छलफल गरी कार्यालयको काम अगाडि बढाएको बताइएको छ । कसरी काममा फर्कनु भयो भन्ने जिज्ञासामा आचार्यले भन्नुभयो,“कर्मचारी पोख्रेललाई जागिरबाट बरखास्त गर्ने सहमति भएपछि फर्केको हुँ ।” कस्तो फाईलमा तपाईलाई दवाव आएको हो भन्ने प्रश्नमा आचार्यले भने यस्ता कामहरु पटक पटक हुदै आएका थिए कुन काम भनेर भनु । त्यो विषय भने आचार्य बोल्न मान्नु भएन ।
यता गाँउपालिका प्रमुख शर्माले म कार्यक्रममा बाहिर गएका बेला घट्ना घटेको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सहित बसेको छलफलबाट काममा फर्कने सहजता मिलाएको शर्माले बताउनु भयो । (छोरा) कर्मचारी घर गएकोले सबै घट्ना बुझ्न पाएको छैन अध्यक्ष शर्माले भन्नुभयो,“कर्मचारीबाट गल्ती भएको ठहरीएमा आवश्यकता अनुसार बरखास्त गरिनेछ ।” जनताको काम हुनुपर्छ भन्ने हो तर प्रक्रिया नपुर्याई दवाव दिन भने नहुने जिकिर अध्यक्षको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


