नेकपा समाजवादीका स्याङ्जाका जिल्ला अध्यक्ष सहितका नेता एमालेमा प्रवेश

वालिङ :
नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई (आरसि) सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेकाछन् । सोमबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराई सहित नेकपा एसका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको हो । भट्टराईसहित स्याङ्जा जिल्लाका इन्चार्ज महेन्द्र थापा लगायतका जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु एमालेमा समाहित भएको नेकपा एमालेले जनाएको छ ।
यता नेकपा समाजवादी स्याङ्जाका केही नेताहरु भने आफूहरुको नाम समावेश गरिएको भनेर विरोध जनाएकाछन् । समाजबादीका नेताहरुले पार्टीको लेटरप्याडको दुरुपयोग गरेको आरोप लगाएका हुन् । आफूहरु समाजवादी मै रेहको बताएकाछन् ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP