एकैरातमा पसल,घर र विद्यालय गरी झण्डै एक दर्जन ठाउँमा चोरी

वालिङ–१३ को झोलुङ्गे बजार, जहाँ राती चोरी भएको हो ।

वालिङ :
स्याङ्जाको वालिङमा एकैरातमा पसल,घर र विद्यालय गरी झण्डै एक दर्जन ठाउँमा चोरी भएको छ । आइतबार राती वालिङ नगरपालिका–१३ झोलुङ्गे बजारका पाँच पसल र चार घर र एक विद्यालयमा चोरी भएको हो ।
चोरले जगन्नाथ पाठकको पसलबाट नगद रु ३० हजार र विभिन्न ब्रान्डका मदिराहरु,डिलुरम गैह्रेको राजन किराना पसलबाट नगद रु ८५ हजार र समानहरु,बिट्टु गैह्रेको पसलबाट नगद र समान चोरी गरेको वडा वालिङ–१३ का अध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो । स्थानीय घडी गुरुङको घरबाट सुन पाँच तोला, पुरन गुरुङको घरबाट गियरवाला साईकल चोरी भएको परिवारले बताएका अध्यक्ष डुम्रेले जानकारी दिनुभयो ।
झोलुङ्गे बजारमा रहेको जीवन ज्योती बोडिङ स्कुल, ब्युटिसियन,किराना पसल र घरहरुमा चोरले ताला फुटाएको पाईएको छ । चोरीको विवरण संंकलन गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
घर तथा पसलहरुमा चोरी भएको जानकारी आएसँगै प्रहरीलाई खवर गरी विवरण संकलनको काम गरिएको वडा अध्यक्ष डुम्रेले बताउनु भयो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP