अध्यागमन विभागमा ई–भिसा र अनलाइन भुक्तानी सेवा सुरुवात ।
काठमाण्डौ:
अध्यागमन विभागले ई–भिसा र अनलाइन भुक्तानी सेवा सुरुवात गरेको छ । शुक्रवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाको शुभारम्भ गरेका हुन् ।
विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ । जसअनुसार अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्ण रुपमा डिजिटल र स्वचालित रुपमा सञ्चालनले घरमै सेवा उपलब्ध हुने भएको छ ।
विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ । विभागले शुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोला भएका छन् भने ई–भिसा एक विदेशी नागरिकलाई दिएर शुरुवात भएको छ ।
उक्त सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न,भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने,आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग जानुपर्ने छैन । सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै गृहसचिव दिनेश भट्टराईले अध्यागमन लगायत अन्य गृहमन्त्रालय अन्तर्गत रहेका सेवाहरुलाई स्वचालित र अनलाइन सेवा दिने मिसनमा रहेको बताए ।
अध्यागमन विभागबाट लिने सेवा शुल्क,भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकहरुका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक कनेक्ट आइपीएस,इसेवा र खल्तीको खाताबाट अनलाइनमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था पनि लागू भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


